Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२५ गते
    १६६ पटक
    चितवन ।

    गृहमन्त्री रामबहादुर थापा बादलले ११ वर्षीय बालक निशान खड्काकाे अपहरणपछि हत्या गर्ने दुई अपहरणकारीमाथि इन्काउन्टर नै भएको दाबी गरेका छन्।

    थापाले भने,‘अपहरणकारीमाथि भक्तपुरमा इन्काउन्टर भएकै हो, फेक होइन।’

    शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री थापाले निशानको अपहरणपछि हत्या गर्ने दुई अपहरणकारी भक्तपुरकाे डोलेश्वर जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरे।

    उनले निशानको अपहरणमा संलग्नहरुमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे। बालक निशानको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीसँगको मुठभेडमा गोपाल तामाङ र अजय तामाङ मारिएका थिए।

    गृहमन्त्री थापाले सरकार अपराध न्यूनीकरण गर्न सफल भएको दाबीसमेत गरे।

    प्रतिकृया दिनुहोस्