Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२४ गते
    ४३० पटक
    एजेन्सी ।

    अमेरिकाले जापानको शहर हिरोशिमा र नागासाकीमा जुन परमाणु हमला गरेका थिए त्यो याद गर्दा आज पनि मानिसहरु त्रसित हुने गर्छन् । अमेरिकी वायुसेनाले सन् १९४५ अगस्ट ६ तारिखमा हिरोशिमामा ‘लिटल ब्वई’ नामको बस खसालेका थिए ।

    त्यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा ‘फ्याट म्यान’ नाम दिइएको दोस्रो परमाणु बममार्फत हमला गरे । नागासाकी माथिको हमलाको कारण बनेको थियो अमेरिकाका एक मन्त्रीको हनिमून ।

    सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविक भएको इतिहासकारले दाबी गर्छन् ।

    साइनाइडका ती १२ चक्कीः

    फ्याट म्यानलाई एक बमवर्षक विमानमा जापानसम्म पुर्याइएको थियो । उक्त विमानको नाम थियो एनोला गे । अमेरिकी वायु सेनाले बमबाहेक उक्त विमानमा साइनाइडका १२ चक्की पनि राखेका थिए ।

    दुश्मनले समातेको भए पाइलटले यसो गर्थेः

    जापानविरुद्ध अमेरिकाको यो मिशनका पाइलटलाई केही गल्ती हुँदा वा दुश्मनले समातेको अवस्थामा सबै पाइलटले साइनाइडको चक्की खानुपर्ने निर्देशन दिइएको थियो ।

    जापानको क्षेत्रमा पुगेपछि बमलाई एसेम्बल (मिलाइएको) गरियोः

    परमाणु बमलाई एसेम्बल (मिलाउन) गर्न सजिलो हुँदैन । कुनै गलत भएको स्थितीमा यो अमेरिकामा नै बिस्फोट हुनसक्थ्यो त्यसकारण जापानमा पुगेपछि बमलाई विमानभित्रै एसेम्बल गरिएको थियो ।

    अमेरिकाको टारगेट शहरमा नागासाकी थिएनः

    अमेरिकाले जापानको जुन शहरमा हमला गर्ने सूची तयार गरेको थियो त्यसमा नागासाकी शहर समावेश थिएन । हमलाको सूचीमा कोकुरा, हिरोशिमा, योकोहामा, निगाटा र क्योटो थियो । पछि जुलाई २५ तारिखमा क्योटोको साटो नागासाकी शहर राखियो ।

    अमेरिकी मन्त्रीको हनिमून थियो निर्णय परिवर्तन हुनुको कारणः

    अमेरिकाका सेक्रेटरी अफ वार हेनरी एल स्टिमसनले अन्तिम समयमा क्योटोको साटो नागासाकी समावेश गरे ।

    १७ वटा विश्व सम्पदा स्थल भएको क्योटो बौद्ध धर्मावलम्बीहरुको दुई हजारभन्दा बढि धार्मिक स्थल भएकाले यसलाई ध्वस्त गर्न नहुने हेनरीको धारणा थियो ।

    ‘तर केहीले भने क्योटोमा थुप्रै विश्वविद्यालय र औद्योगिक क्षेत्र भएकाले परमाणु बम एउटा हतियार मात्र नभएको जानकारी दिन यहाँ हमला गर्नु उचित भएको बताए,’ स्टेभन इन्स्टिच्यूट अफ टेक्नोलोजीका विज्ञानका इतिहासकार एलेक्स वेलरस्टिनले बताए ।

    यद्यपी, सन् १९४५ को जुनको सुरुवातमा हेनरीले क्योटोलाई टार्गेट लिस्टबाट हटाउन आदेश दिए । यो स्थानको सांस्कृतिक महत्व भएको र यो मिलिटरी टार्गेट नभएको भन्दै यसलाई सूचीबाट हटाउनु पर्ने भन्दै उनले विवाद गरे ।

    ‘तर सेनाले भने क्योटोलाई यसबाट हटाउन नचाहेपछि हेनरीले यसबारे तत्कालीन राष्ट्रपति ह्यारी एस. ट्रूम्यानलाई भेटेरै कुरा गरे, ’ प्राध्यापक एलेक्सले बताए ।

    राष्ट्रपतिसँगको छलफलपछि टार्गेट लिस्टमा क्योटोलाई हटाएर नागासाकी राखियो । यद्यपी, क्योटो आफ्नो सांस्कृति महत्वका कारण निकै चर्चित भएपनि जापानका अन्य स्थान पनि कम महत्वपूर्ण थिएन ।

    ‘त्यसकारण स्टिमसनको क्योटोसँग नीजि झुकाव छ । अन्य कारण त उनले यत्तिकै दिएका मात्र हुन्,’ प्राध्यापक एलेक्स भन्छन् ।

    स्टिमसन फिलिपिन्सका राजदूत भएका बेला सन् १९२० ताका थुप्रै पटक क्योटोको यात्रा गरे । केही इतिहासकारले स्टिमसन क्योटोमा हनुमन गएको र उनी जापानी संस्कृतिका प्रशंसक भएको दाबीसमेत गरे ।

    त्यसैले उनले क्योटोलाई टार्गेट सूचीबाट हटाएर त्यसमा नागासाकीको नाम राखेको बताइन्छ ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस्