Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२४ गते
    २८९ पटक
    काठमाडौं ।

    पहिलो गीतबाट नै नकारात्मक चर्चामा आएको फिल्म हो ‘कथा काठमाडौं’। गीतमा देखाइएको प्रमोद अग्रहरी र प्रियांका कार्कीको उत्तेजक दृश्यका कारण फिल्मको स्क्याण्डल मच्चियो। निर्माण टिमबाट फिल्ममा प्रमोद र प्रियांकाको अभिनय नै त्यस्तो रहेको भनेसँगै स्क्याण्डल सेलाउँदै गएको थियो।

    फिल्मको पहिलो प्रचार सामाग्रीले नकात्मक नै भए पनि चर्चा बटुल्यो। अब फेरी निर्माण टिमले फिल्मको अर्को प्रचार अस्त्र सार्वजनिक गरेको छ। फिल्मको ‘जुन अनि तारा’ बोलको गीतको भिडियो निर्माण टिमले युट्यूब मार्फत सार्वजनिक गरेको हो। गीतमा ईसान सुब्बाको शब्द तथा सुगम पोख्रेलको स्वर रहेको छ।

    गीतमा फिल्मका मुख्य कलाकार प्रियंका र प्रमोदसँगै आयुषमान देशराज जोशी, संजोक कोइराला, सन्ध्या केसी लगायतको अभिनय रहेको छ। फिल्मलाई संगिता श्रेष्ठले निर्देशन गरेकी हुन्।

    प्रतिकृया दिनुहोस्