Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२४ गते
    ६५९७ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्ज क्षेत्रमा पछिल्लो समय यौन व्यवसाय मौलाउदै जान थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले बुधबार राती नेपालगन्जको एक होटलमा छापा मारेर २ जना युवा र २ युवतीलाई यौन धन्दामा लागेको आरोपमा पक्राउ गरेको छ ।

    नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको एक होटलमा छापा मारेर प्रहरीले कोठाबाट २ जोडिलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने युवकहरु कैलाली र विराटनगरका रहेका छन् भने युवतीहरु बर्दियाका जिल्लाका हुन् ।

    होटलको कोठा नम्बर २०२ र ३०१ बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । होटलमा एउटा कोठाको इन्ट्री गरिएको थियो भने एउटा कोठाको इन्ट्री गरिएको थिएन ।

    प्रहरी स्रोतका अनुसार पेशेवर युवतीहरु बिचौलियामार्फत उक्त होटलमा युवकहरुसँग रात विताउनको लागि पुगेका थिए ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पछिल्लो समय नेपालगन्जमा यौन धन्दा बढ्दै जान थालेको गुनासो आएपछि प्रहरी पनी त्यसविरुद्व आक्रमक भएर प्रस्तुत हुन थालेको छ ।

    प्रतिकृया दिनुहोस्