आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२४ गते
    १८७ पटक
    जाजरकोट ।

    वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा गएको टोलीले जाजरकोटका पहिरोको जोखिममा रहेका दर्जनाैँ बस्तीहरुको स्थलगत अध्ययन गरेको छ ।

    कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाइँको टोलीले जाजरकोट पुगेर स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँग छलफल गरेका हुन् ।

    सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ, बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटिया लगायतका ठाउँका हजार बढी घरहरु पहिरोको जोखिममा रहेकाले सचेत रहन र सुरक्षित रहन अध्ययन टोलीले आग्रह गरेको छ ।

    उक्त टोलीले दीर्घकालीन समाधानका लागि सुझाव र लागत स्टमेट तयार गर्ने गरी आफूहरू मन्त्री बस्नेतको निर्देशनमा जाजरकोट आएको मण्डलले बताए ।

    भिरालो जमिनमा घर निर्माण, सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम बढेको अध्ययन टोलीले बताएको छ । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करिब २० करोड रुपैयाँ तत्काल खर्च गर्नुपर्ने अध्यायन टोलीको निष्कर्ष छ ।

    ‘जिल्लाको समग्र अवस्थाको बारेमा हामी चिन्तित छौँ, कार्ययोजना बन्दै छ’ । जनताको बाँच्न पाउने मौलिक हक सुरक्षित गर्न दिन रात लागेको सांसद गणेसप्रसाद सिंहले बताए । अहिले तत्काल सुरक्षित वासस्थान र खानाको व्यवस्था गरिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्