आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२४ गते
    १८० पटक
    अर्घाखाँची ।

    अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक वर्षअघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ ।

    माथिल्लो घरको कुलेसो तल्लो घरबाट बगेको निहुँमा छत्रदेव ७ की ६४ बर्षिय श्यामकला पाण्डेलाई छिमेकी ५५ बर्षिय उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुलासा भएको हो ।

    प्रहरीले हत्या अभियुक्त उमा पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।

    २०७४ साल असोज ३ गते साबिक भगवती हाल छत्रदेव गाउँपालिका वडा नम्वर ७, की ६४ बर्षिया श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

    उनलाई छिमेकी महिला ५५ वर्षिया उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी नवराज मल्लले रातोपाटीलाई जानकारी दिए ।

    हत्या हुनु अघि बृद्धाको घरबाट बग्ने कुलेसो तल अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ ।

    प्रहरीका अनुसार, त्यसभन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई जग्गाको बैना लिएर पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ । हत्याको उक्त दिन बृद्धा लडेको स्थानमा रगतको पोखरी बनेको र उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए ।

    हत्या घएको अघिल्लो दिन छोराहरु घरमा आई बावुको तिथी गरेर त्यसै दिन बिहाज बुटवलतर्फ फर्केका थिए । वृद्धा घरमा एक्लै बस्दै आएकी थिईन । एक बर्षको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न दोषी पत्ता लगाएको हो ।

    प्रतिकृया दिनुहोस्