आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२३ गते
    ९०५ पटक
    वुटवल ।

    प्रदेश ५ सरकारले वुटवलका विभिन्न संस्थाहरुलाई ५३ लाख बाँड्ने भएको छ ।

    प्रदेश ५ को बुधबार बसेको मन्त्रिपरिषद बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युट ९बीटीआई०लाई १० लाख, बालमन्दिरलाई दुई लाख र बुटवल महिला जेसीजलाई एक लाख गरी ५३ लाख अनुदान दिने निर्णय गरेको हो ।

    यस्तै प्रदेश मन्त्रिपरिषदको कार्यसम्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीनवटा उपसमिति रहेको मन्त्रिपरिषद् समिति गठन गरिएको छ ।

    राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक समाजिक तथा पूर्वाधार समिति गठन गरिएको सरकारका प्रवक्ता तथा भोतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए ।

    यस्तै प्रदेश योजना आयोगमा रहने सदस्यहरुका लागि उमेर हद ४० बाट ३५ वर्षमा झारिएको छ । मन्त्रिपरिषदले बिहीबारदेखि प्रदेश ५ संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय समेत गरेको छ ।

    प्रदेश मन्त्रिपरिषदले दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तनका लागि गाउँसभाबाट स्वकृत भइ आएको प्रस्तावलाई संघीय सरकारमा पठाउने निर्णयसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्