आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२३ गते
    २८२ पटक
    काठमाडौँ ।

    आइतबार राति हत्या गरिएका काँडाघारी, काठमाडौँका ११ वर्षीय बालक निशान खड्काकाे अपहरण अनुसन्धानमा प्रहरीमाथि प्रश्नको चाङ लागेको छ।

    अपहरण अनुसन्धानमा प्रहरीबीचको समन्वय अभाव छरप्रष्ट बनेको छ। समन्वय अभावमै निशानलाई प्रहरीले बचाउन नसकेको स्पष्ट छ। तर, अपहरणकारी भनिएका दुईजनाको इनकाउन्टरमा भएको मृत्यु यतिबेला सबैभन्दा बढी विवादमा छ।

    लगातार आईरहेका  प्रत्यक्षदर्शीका अन्तर्वार्ताले के स्पष्ट भएको छ भने प्रहरीले अजय तामाङ र गोपाल तामाङलाई कोठामा समातेर जंगलमा लगेर गोली ठोकी मारेका थिए।

    त्यसअघि कुनै आपराधिक पृष्ठभूमि नभएका अजय र गोपाललाई प्रहरीले किन मार्ने निर्णय गर्‍यो,कसको निर्देशनमा ‘फेक इनकाउन्टर गर्‍यो’, के पीडित परिवारकै आग्रह थियो वा प्रहरीले बहादुरी देखाउन त्यो निर्णय लिएको थियो ? यी सबै प्रश्न अनुरत्तरित छन्।

    विषेशगरी  अप्रेसनको कमान्ड गरेको महानगरीय प्रहरी अपराध महाशाखा यो विषयमा मौन छ। प्रहरी नेतृत्वले समेत यति विवादित विषयमा कुनै स्पष्टिकरण बाहिर ल्याएको छैन।

    बालकको शव भेटिएको ठाउँ र अपहरणकारीलाई इनकाउन्टर भएको ठाउँ करिब ४/५ किलोमिटरको दूरीमा छ। अाखिर प्रहरीसँग त्यस्तो के प्रमाण थियो जसका कारण देख्ने बित्तिकै गोली हानिहाल्ने मनस्थितिमा थियो। यी सबै कारणले प्रहरीले अपहरणकारीसँग व्यापक अनुसन्धान गरेपछि मात्र ‘फेक इनकाउन्टर’को निर्णय लिएको स्पष्ट छ।

    ‘फेक इनकाउन्टर छताछुल्ल भएपछि महाशाखा आफै पनि अप्ठेरोमा परेको छ। इनकाउन्टर भनेकाले उनीहरुलाई सबै कुरा बाहिर ल्याउन गाह्रो छ। आम मानिसलाई आँखिर घटना के थियो भन्ने कौतुहलता छ।

    यसले समग्रमा प्रहरीमाथिको विश्वास घटेको छ। यदी गोपाल र अजय अभियुक्त थिए भने उनीहरुलाई पक्राउ गर्नु नै प्रहरीका लागि सबैभन्दा ठूलो सफलता थियो। उनीहरु जीवित थिए भने धेरै कुरा बाहिर आउने थियो’ एक पूर्व डीआईजी भन्छन्।

    यसअघि ललितपुरमा लागु औषध दुर्व्यसनी प्रविन खत्री इनकाउन्टरमा मारिएपछि महाशाखा निकै विवादमा आएको थियो।

    महाशाखाले घरमा कोही नभएको समयमा प्रविनलाई इनकाउन्टर गरेको थि‍यो। महाशाखाले खत्री लागु औषध कारोबारी भएको दाबी गरे पनि त्यस्तो कुनै बलियो प्रमाण देखाउन सकेको थिएन। त्यतिबेला महाशाखा र प्रहरी नेतृत्व दुवै मौन थिए। दुवैको आलोचना भएको थियो।

    www.deshsanchar.com

    प्रतिकृया दिनुहोस्