

तमिलनाडुका पूर्व मुख्यमन्त्री र दिवंगत डिएमके नेता एम. करुणानिधीको मरिना तटमा नै अन्तिम संस्कार गरिने भएको छ ।
मद्रास उच्च न्यायालयले केही घण्टासम्म चलेको सुनुवाईपछि करुणानिधिको अन्नादुरईको समाधि नजिकै अन्त्येष्टि गरिने अनुमती दिएको छ ।
यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु गरिएको थियो जसलाई बिहानसम्मका लागि स्थगित गरिएको थियो ।