Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२२ गते
    १७१४ पटक
    नेपालगन्ज ।

    बाँकेमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका –२१, बिर्तागाउँमा करेन्ट लागेर १३ वर्षीय बालक कमलेश कोरीको मृत्यु भएको हो ।

    खेतमा काम गरिरहेका हजुरबुवालाई खाना दिएर फर्किएका बालकलाई करेन्ट लागेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    टुफेस तार रहेको पोल ढलेको र त्यही तारलाई बालकले छोएका थिए । प्रहरी निरीक्षक डाँगीका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

    बिजुलीको पोल बिहान ढलेको थियो कि राति नै ढलेको थियो भन्ने बारेमा सोधीखोजी थालिएको छ । स्थानीय केहीले पोल बिहान ढलेको बताएका छन् ।

    पोल ढलेपछि विद्युत कार्यालयमा फोन गरेर विद्युत काट्नु पर्नेमा त्यो सावधानी नअपनाउदा बालकको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस्