आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२१ गते
    १२६८ पटक
    नेपालगन्ज ।

    देश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले स्थानियको सहकार्यमा मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताएका छन् ।

    सोमबार बाँकेको खजुरा गाउँपालिकामा स्थानियको सहयोगमा निर्माण गरिएको ईलाका प्रहरी कार्यालय धनौलीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

    प्रहरी प्रमुख डिआइजी बस्नेतले स्थानियबासीको सक्रियतामा प्रहरी भवन निर्माणको प्रशंसा गरे । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न स्थानियको सहकार्य महत्वपुर्ण हुने बताए । खजुरा क्षेत्रका उद्योगी व्यापारी एवं स्थानिय, गाउँपालिका र प्रहरीको गरी करिव ३० लाखको लागतमा ४ कोठे पक्कि भवन निर्माण गरिएको हो ।

    सो भवनमा १–१ वटा महिला र पुरुष थुनुवा कक्ष, एउटा मुद्दा दर्ता कक्ष र एउटा हलमा प्रहरीको आवास कक्ष रहेको छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले शान्ति सुरक्षा कायम गर्ने प्रहरीको दायित्वसँगै समाजमा बढ्दो दुव्र्यसनीविरुद्ध आक्रमक बन्न पनि प्रहरीलाई आग्रह गरे ।

    भवन निर्माण समितिका अध्यक्ष दुर्गालाल विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बाँकेका एसपी टेकबहादुर तामाङ, समितिका सल्लाहाकार महेन्द्र मल्ल, क्यान्सर अस्पतालका उपाध्यक्ष शिव श्रेष्ठलगायतले बोलेका थिए ।

    साउन एक गतेबाट ईलाका प्रहरी कार्यालय धनौलीमा मुद्वा चल्न समेत सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस्