Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२१ गते
    ३६३ पटक
    बिजय काफ्ले (हिटलर) ।

    पर्यटन  विकासको धेरै सम्भावना बोकेको प्रदेश हो, प्रदेश नम्बर ५ । भैगोलिक बनावटका कारण प्रदेश नम्बर ५ मा विश्वमा पाइने लगभग सबै प्रकारका मौसमहरु पाईन्छन् ।

    जसले गर्दा यहाँ जैविक विविधता लगायतका प्राकतिक सम्पदा प्रशस्त मात्रामा उपलब्ध छन् । यस प्रदेशमा धेरै जनजातीहरुको बसोबास रहेको छ । सांस्कृतिक सम्पदा पनि यस क्षेत्र धनी छ ।

    जैविक विविधता, प्राकृतिक सौन्दर्य, उच्च हिमश्रृङखलाहरुको अवस्थिति, ताल, नदी, झरना, धार्मिक स्थलहरु प्राचिन कला तथा संस्कृति, साँस्कृतिक सम्पदा इत्यादिका कारण यो प्रदेशले प्राकृतिक झरना तथा कृतिम (मानव निर्मित) गरी दुबै प्रकारका पर्यटनको सम्भावना बोकेको प्रदेश हो ।

    यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुमा नवलपरासी (बर्दघाट) सुस्ता पश्चिम ः यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरु मा रामग्राम स्तुप, त्रिबेणीधाम, पाल्हीभगवती मन्दिर, गजगढाधाम, सीतामढी, राधाकृष्ण मन्दिर, नागबाबा मन्दिर, कोहार मन्दिर, रामजानकी मन्दिर, बालपुरी, कुटी, मद्रासी बाबा, शिबमन्दिर, दाउन्ने देवी, कैलाश आश्रम, बर्दगोरिया कुटी, मौलाकालिका मन्दिर, रुम्सी, कुमारवर्ती, महाराजथान, रुद्रपुरगढी, सिक्रौलीघाट, पितौजीघाट, मितेरीघाट, भृकुटीघाट, लेडाघाट, देवघाट धाम, ठांडीटारघाट, नारायणघाट, मौसरघाट, जलदेबीघाट, बालीघाट, गडगडीघाट, पण्डितपुर, ब्यंकटेश मन्दिर आदि रहेका छन् ।

    रूपन्देहिमा गौतम बुद्धको पवित्र जन्मस्थल, मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड रहेका छन् ।

    कपिलवस्तुमा अठ्कुनीयाँ, अमौलीकोट, अरौराकोट, इटवा डरवा धनगढवा, कपिलवस्तु संग्राहलय, कुदान, गोटिहवा अशोक स्तम्भ, गौरीगंज, चंघाट, चेतरादेही, जगदीसपुर ताल, जोडी स्तुप, डंगरी, डेरवा स्तुप, तिलौराकोट, तौलेश्वर मन्दिर, दलदलवा, दुमुनियाँ, दोहनीकोट, धानखोला, निगालीकोट, पडसडवा, पिपरा स्तुप, पिपरी, बभनी, बर्दहवा, बलुहवा, बिकुलीकोट, मालपारा, मुर्चहवा पुरानोकुँवा, रक्षाबाबा, रामदतिवन कुटी, लम्तिया, लौहसरिया स्तुप, विजुवा, श्रृङ्गीऋषि धाम, सगरहवा ताल, समयमाईकोट आनन्दवाग, सरकुप पोखरी, सिसेनियाँ, सिसेनियाँ दरबसवा, सेमरा शिभमन्दिर, सोनवागढ, हर्देवा रहेका छन् ।

    पाल्पामा जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन् ।

    अर्घाखाँचीमा पाणिनि तपोभूमि(पणेना), सात्तले गुफार दुर्वाशेश्र्व गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, छत्र मन्दिर (छत्रगञ्ज), नर्तनाचल पर्वत (नरपानी), परसुरामेश्वर,ऐतिहासिक पौवा (बल्कोट) अर्घाकोट (अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकीय स्थलहरू हुन् ।

    गुल्मीमा पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरी धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा(ग्वादी रहेका छन् ।

    प्युठानमा स्वर्गद्धारी, एरावती, गौमुखी, कालिका मन्दिर, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह,त्रिवेणी आदी स्थलहरू रहेका छन् । दाङमा चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका (मालिका) सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर,मन्थोर्या मन्दिर रहेका छन् । बाँकेमा बागेश्वरी मन्दिर, महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि रहेका छन् ।

    वर्दियामा नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल, नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि. फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ ।

    यस्तै एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडकको पुल बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार देख्न पाइन्छ ।

    प्रदेश ५ लाई व्यापारिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न जनस्तरबाट पर्यटकीय शहर, सुन्दर समृद्ध साँस्कृतिक प्रदेश बनाउन दिर्घकालिन योजना बनाउनु पर्ने हुन्छ ।

    यो योजनाले प्रदेश नम्बर ५ लाई प्रशासकीय मात्र होइन व्यापारिक, पर्यटकीय तथा सूचना प्रविधिको केन्द्रको रुपमा विकास गर्ने महान अभिलाषा सम्भव हुनेछ ।

    यस प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई प्रदेशको आर्थिक विकास केन्द्रको रुपमा राखि पर्यटन विकासका पुर्वाधारहरु निर्माण गरी आर्थिक विकासका क्रियाकलापहरुका लागि मार्ग प्रशस्त गर्नु यस क्षेत्रको पर्यटन विकासको आधार श्रृजना गर्नु राम्रो मानिन्छ ।

    यस परिकल्पनालाई साकार रुप दिन प्रत्यक नगरपालिका तथा जनस्तरबाट केहि आधारशिलाहरु निर्माण गर्नु आवश्यक छ ।

    पर्यटन विकासका अवसरहरु
    प्रदेश ५ मा पर्ने सवै धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन विकासको राष्ट्रिय नीतिमा समावेश गरि एकिकृत योजना निर्माण गर्ने, यसका लागि राजनैतिक दल तथा सबै जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण रहनेछ ।

    यस प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुमा सडक पुयाउने तथा सडकहरुको स्तरोन्नति गर्ने र यसका लागि स्थानीय निकायहरुको भूमिका महत्वपुर्ण रहनेछ । स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वर्धन गरी नियमित प्रदर्शन गर्ने यसका लागि स्थानीय समुदाय तथा यसका संघ संस्थाहरुको महत्वपुर्ण भुमिका रहनेछ ।

    देशका सवै पर्यटकीय क्षेत्रहरुको सूचना प्राप्त हुने गरी पर्यटन सूचना केन्द्रको स्थापना गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय र सूचना प्रविधिको क्षेत्रसंग सम्बन्धीत व्यवसायीहरुको महत्वपुर्ण भूमिका रहनेछ ।

    प्रदेश ५ मा रहेका सबै सम्पदाहरुलाई समेटी डकुमेन्ट्री तयार गरी प्रचारमा ल्याउने यसका लागि स्थानीय पर्यटन विकास समितिहरुको भूमिका महत्वपुर्ण रहनेछ । विदेशी तथा स्वदेशी पाहुनाहरु समेतका लागि यस प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा पर्याप्त आवास गृहहरु (होटल रिसोर्टहरु) निर्माण गर्ने यसका लागि उद्योगी व्यापारी तथा उद्योग वाणिज्य संघ तथा निजि क्षेत्रको लगानी महत्वपुर्ण रहनेछ ।

    राष्ट्रियस्तरका कार्यक्रमहरु सञ्चालन क्षमताका सभाहलहरु निर्माण गरी सञ्चालनमा ल्याउने यसका लागि नेपाल सरकार स्थानीय निकायहरु तथा स्थानीय लगानीकर्ताको महत्वपुर्ण भूमिका रहनेछ ।

    यस प्रदेशकोे पर्यटनका सम्भावनाहरुको वारेमा खोज अनुसन्धान तथा प्रचारमुलक लेख रचनाहरु नियमित प्रकाशन गर्ने यसका लागि स्थानीय सञ्चार माध्यम एवं सञ्चारकर्मि तथा पर्यटन प्रेमिहरुको सक्रियता महत्वपुर्ण रहनेछ ।

    प्रदेश ५ को सबै जिल्लामा कम्तीमा एक–एक नगरपालिका वा गाउँपालिकामा होमस्टे कार्यक्रम सञ्चालन गर्ने यसका लागि सम्बन्धीत समुदाय,स्थानीय निकाय स्थानीय पर्यटन विकास समितिको भूमिका महत्वपुर्ण रहनेछ ।

    अतिथि देवोः भवः भन्ने मुलमन्त्रलाई आत्मसात गरि यस क्षेत्रमा आउने आन्त्रिक तथा वाह्य पर्यटकहरु प्रति सम्मानजनक व्यवहार देखाउने यसका लागि आम नागरिकहरुको भूमिका महत्वपुर्ण रहनेछ ।

    समग्र व्यवस्थापन तथा निरन्तर सक्रियताका लागि स्थानीय अगुवा तथा सम्बद्ध निकाहरुको संलग्नतामा एक पर्यटन विकास सञ्जाल निर्माण गरि योजनावद्ध तवरले कार्य गर्नुपर्ने यसका लागि विकासप्रेमि स्थानीय अगुवा तथा स्थानीय निकायहरुको सहयोग र भूमिका महत्वपुर्ण रहनेछ ।

    प्रतिकृया दिनुहोस्