Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१९ गते
    ३०७० पटक
    काठमाडौं ।

    नयाँ बसपार्कका होटलहरुमा व्यवसयायकै रुपमा यौन क्रियाकलाप हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेर ५२ जनालाई पक्राउ गरेको छ ।

    होटलमा यौन सम्पर्कका लागि मोलमोलाई हुने गरेको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएकोे प्रहरी टोलीले छापा मार्दा २० जना किशोरी र ३२ जना किशोर पक्राउ गरेको हो ।

    उनीहरु यौन व्यवसायमा लागेको हुनसक्ने भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सबैलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएर छाडिएको प्रभाग नयाँ बसपार्कले जनाएको छ ।

    पक्राउ परेका सबैजसो २० वर्षभन्दा मुनिका रहेको प्रहरीले जनाएको छ । नयाँ बसपार्क क्षेत्रका होटलहरुमा यौन व्यवसाय सञ्चालन हुने गरेको गुनासो पटक पटक आउने गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले होटल सञ्चालक र यौन व्यवसायमा संलग्नहरुलाई यस्तो कार्य नगर्न आग्रह गरेको छ ।

    www.samachardainik.com

    प्रतिकृया दिनुहोस्