Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१७ गते
६५ पटक
एजेन्सी ।

जिम्बावेमा राष्ट्रपतिय चुनाव पछि त्यहाँ हिंसा भड्किएको छ। सत्तारुढ दल र प्रतिपक्षी दलका समर्थहरु एक आपसमा भिडेका छन्। घटनालाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

राजधानी हरारेमा विपक्षी गठबन्धन एमडीसीका कार्यकर्ताले पूर्व राष्ट्रपति रोवर्ट मुगाबेको शासनको कालो दिनको संज्ञा पनि दिएका छन्। विपक्षी गठबन्धनले सत्तारुढ दल जानू पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ। निर्वाचनको परिणाम सार्वजनिक नभएपनि सत्तारुढ दलले आफ्नो जित भएको दाबी गरेको छ।

तर उक्त चुनावमा विपक्षी दलका उम्मेदवार नेल्सन चामीसाले जित हात पारेको दाबी गरेको छ। यसैगरी चुनावको पर्यवेक्षण गरेको युरोपियन युनियनले मतपरिणाम सार्वजनिक हुन ढिला भएकोमा चिन्ता ब्यक्त गरेको छ।

पछिल्लो घटनालाई लिएर राष्ट्रपति इमरसन मनग्वाले विपक्षीको संलग्नता रहेको आरोप लगाएका छन्। उनले निर्वाचन परिणामा प्रभाव पार्न यस्तो गरेको दाबी गरे । झण्डै ३७ बर्ष राष्ट्रपति भएका रोर्बट मुगाबेलाई पाखा लगाउँदै मनंग्वा राष्ट्रपति भएका थिए। उनी अर्को कार्यकाल पनि राष्ट्रपति हुन सोमबार पहिलो पटक निर्वाचन गरिएको हो।

प्रतिकृया दिनुहोस्