आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१६ गते
    १११७ पटक
    काठमाडौं ।

    बाबु–आमाका लागि आफ्ना सन्तान निकै नै प्रिय हुन्छन् । छोरा–छोरीका खुसीका लागि बाबु–आमा जस्तो सुकै दुःख–कष्ट झेल्न पनि तयार हुन्छन् ।

    तर सबै बाबु–आमाको हकमा यो लागू नहुँदो रहेछ । कतिपय बाबुआमा आफैंले संसार देखाएको सन्तानको ज्यान लिनसमेत पछि नपर्ने रहेछन् ।
    भक्तपुरमा एक यस्तै निर्दयी बाबु भेटिएका छन् जसले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् ।

    मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले अाफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् ।

    महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर डिल्लीरामले आफूसँगै सुतेका छोराको हत्या गरेको जानकारी दिए ।

    छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

    www.onlinekhabar.com

    प्रतिकृया दिनुहोस्