Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१५ गते
    १९४ पटक
    काठमाडौं ।

    गायक नबिन के भट्टराईको आवाज रहेको ‘अनिदो भई’ बोलको नयाँ गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

    ‘म्युजिक नेपाल’ले आफ्नो युट्युव च्यानलमार्फत् सार्वजनिक गरेको यस गीत नविनको नयाँ गीति संग्रहमा समेटिएको दोश्रो गीत हो । केही समयअघि यसै संग्रहमा समेटिएको ‘मेरो नाम’ बोलको पहिलो गीत सार्वजनिक भइसकेको छ ।

    गीतमा शब्द र संगीत नबिना भट्टराईकै रहेको छ । गीतको संगीत संयोजन इमान बिक्रम शाह ले गरेका छन् । गीतलार्इ अमेरिकाको रमणिय ठाउँहरुमा अनुप गिरीले खिचेका छन् ।

    गीतमा कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको सम्पादन तथा निर्देशन अनुप गिरीले नै गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो

    प्रतिकृया दिनुहोस्