Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१० गते
३२४ पटक

त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘रेनी’ भदौ ८ गते दर्शकमाझ आउने भएको छ । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको ‘रेनी’ को फस्टलुक पोस्टर सार्वजनीकसँगै प्रदर्शन मिति तोकिएको हो ।

सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजालका साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा रहेको फिल्मलाई गिरिश रिजाल (समीप) ले निर्देशन गरेका हुन् ।

नवनायिका सनमले लेखेको फिल्म काठमाडौ उपत्यका तथा कुलेखानीका बिभिन्न स्थानमा खिचिएको हो । फिल्ममा एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशसमेत रहेको निर्मात्री बिमला बताउँछिन् ।

बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत तथा सनम मल्ल र गुरु भुटियाको गीत रहेको फिल्म जयराम थापाले खिचेका हुन् । गोबिन्द शाहीले बितरण गर्ने फिल्ममा राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी छ ।

फिल्म भरपुर मनोरञ्जक भएको निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्