आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१० गते
    ५२९१ पटक
    कोहलपुर ।

    युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले कोहलपुरमा रहेको अन्तर्रराष्ट्रिय क्रिकेट मैदानको सिलान्यास गर्नुभएको छ ।

    बाँकेमा आगामी मंसीर २१ देखी सञ्चालन हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको क्रिकेट खेल कोहलपुरमा हुनेछ । सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले क्रिकेट खेलको जननीको रुपमा बाँके रहेको हुदा यस क्षेत्रलाई अब फेरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित बनाउनु पर्नेमा जोड थिए ।

    उहाँले क्रिकेटलाई अगाडी बढाउनका लागी कोहलपुर क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरुको महत्वपुर्ण भुमिका रहेको समेत उल्लेख गरे । बिश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको समया अवधी धेरै नभएको र भौतिक पुर्बाधारको कामहरु धेरै बाकी रहेको हुदा सबै सरोकारवालाहरु एक जुट भएर प्रतियोगिता सफल बनाउन लाग्नुपर्ने बताए ।

    शिलान्यास कार्यक्रममा मध्यपश्चिम खेलकुद बिकास समितीका अध्यक्ष भिम ओलीले पहिलो पुरुष तर्फको क्रिकेट प्रतियोगीता कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हुनाले अहिले १० लाखको लागतमा क्रिकेट मैदानको स्तरोन्नती गर्न लागिएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्