Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/८ गते
१२५ पटक
काठमाडौं ।

चलचित्र ‘नाइ नभन्नु ल ५’ को शीर्ष गीत रिलिज भएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक समारोहकाबीच चलचित्रको ‘तिम्रो आँखामा आँखा जुधाइ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा मेलिना राईको आवाज रहेको छ ।

दिनेश थपलियाले रचेको शब्दलाई वसन्त सापकोटाले संगीतवद्द गरेका छन् । नाइ नभन्नु ल ब्राण्डका यसअघिका सबै चलचित्रहरुमा सापकोटा नै संगीतकार थिए ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वस्तिमा खड्का र नव अभिनेता अभिषेक नेपाललाई फिचरिङ्ग गरिएको छ ।

विकास आचार्यको निर्देशन रहेको चलचित्र नाइ नभन्नु ल ५ आगामी भदौ ८ बाट अल नेपाल रिलिज हुदैछ ।

प्रतिकृया दिनुहोस्