Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/३ गते
    ४६२ पटक
    दाङ ।

    सोमबार र मंगलबार मात्रै सर्पको टोकाईबाट दाङमा दुई जनाको मृत्यु भईसकेको छ । मंगलबार बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी २३ वर्षीय देवराज आलेको मृत्यु भएको हो ।

    राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । भने सोमबार तुलसीपुर ८ अस्वारा निवासी ४ बर्षीय झपेन्द्र बिकको निधन भएको हो । यो बर्ष मात्रै दाङका पाँच जनाको मृत्यु भईसकेको छ ।

    कारण हो, दाङमा सर्पदंशको उपचार केन्द्र प्रभाबकारी नहुँुनु । दाङमा तीन वटा सर्पदंसको उपचार केन्द्रहरु छन्, तर प्रभाबकारी छैनन् । जसले गर्दा सर्पले टोकेका बिरामीलाई कोहलपुर रेफर गरिन्छ ।

    बिरामीको कोहोलपुर नपुग्दै बाटोमै मृत्यु हुन्छ । अहिले दाङ तुलसीपुरको राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्रहरु छन् । तर ति सर्पदंशउपचार केन्द्रहरु रेफर सेन्टरको रुपमा मात्रै बिकास भएका छन् । अस्पतालमा सर्पले टोेकेका बिरामीहरु आएमा उनीहरुलाई सामान्य औषधी दिईन्छ्, त्यसपछि रेफर गरिदिन्छ् । केही बिरामीको बाटोमै मृत्यु हुन्छ्, भने केही बिरामीको अस्पताल पु¥याएपछि मृत्यु हुन्छ । दाङका तीन वटै सर्पदंश उपचार केन्द्रहरु नाममात्रैका छन् ।

    तीन वटै स्वास्थ्य संस्थामा भेन्टिलेटर छैन्, जसले गर्दा बिरामीलाई औषधी दिने अनी रेफर गर्ने भन्दा अर्को बिकल्प नभएको डाक्टरहरु बताउछन् ।

    यही कारणले केही समय अघि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निबासी ९ बर्षीय सुनिल बिकको सर्पदंशवाट निधन भयो । राप्ती अञ्चल अस्पतालमा एएफभी भेनम औषधी दिईयो तर भेन्टिलेटर नहुँदा नेपालगंज रेफर गरियो । नेपालगंज लैजादै गर्दा बाटोमै मृत्यु भयो ।

    त्यस्तै तुलसीपुर—१ की एक १८ महिने शिशुलाई घर आँगणमै खेल्ने क्रममा सर्पले टोक्यो । त्यसको केही समयमा अस्पताल पु¥याउँदै गर्दा बाटोमै मृत्यु भयो ।

    त्यसैगरि तुलसीपुुर उपमहानगरपालिका वडा नम्बर ११ प्रिगाउँ निवासी ३५ बर्षीया दुर्गा लामिछानेलाई सर्पले टोकेको केही समयमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिए लगतै चिकित्सकले मृत घोषणा गरे ।

    सर्पदंश उपचार केन्द्र भएपनि भेन्टिलेटर नहुँदा रेफर गर्नुपर्ने बाध्यता रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहले बताए ।‘हामीसंग औषधी छ’उनले भने‘तर भेन्टिेलेटर छैन्, जसले गर्दा हामीले बिरामी रेफर गर्नुपर्ने बाध्यता छ ।’

    उनले सर्पको विरामीलाई प्रभाबकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको राप्ती उपक्षेत्रीय अस्पताल घोराही डा. जितनारायण यादवले बताए ।

    ‘अहिले अस्पतालमा आएका सर्पदंशका बिरामीलाई रेफर गर्नुको बिकल्प छैन्’ उनले भने‘ अस्पतालमै प्रभाबकारी सेवा प्रदान गर्नका लागि भेन्टिलेटरको ब्यबस्था अनिवार्य छ ।’

    लमही अस्पतालमा पनि औषधी मात्रै छ । त्यो पनि स्टोर रहेको छ । अस्पतालका निमित्त प्रमुख डा. विमलेश कुमार गुप्ताका अनुसार औषधी भएर मात्र सर्पदंशका बिरामीको उपचार सम्भव नभएको भन्दै उनले सर्पदंशका बिरामीको सफल उपचारका लागि भेन्टिलेटरको ब्यबस्था अनिवार्य रहेको बताए । देउखुरी क्षेत्रमा त्यहाँ ब्यसायीहरुको पहलमा सर्पदंशको उपचार केन्द्र स्थापना ल्याउने तयारी गरिहेको छ ।

    देउखुरी उद्योग बाणिज्य संघले सर्पदंश केन्द्र स्थापना गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ ।

    देउखुरी क्षेत्रमा सर्पदंशका बिरामी धेरै हुने भएकाले अर्को सर्पदंशको उपचार केन्द्र स्थापन गर्ने तयारी थालिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । लमही अस्पतालको मातहतमा रहने गरी केन्द्र सञ्चालनको तयारी गरेको त्यसका छ । उक्त केन्द्रको लागि करिब २०÷२५ लाख रकम लाग्ने अध्यक्ष श्रेष्ठले बताए ।

    तर दाङमा सर्पको टोकाईबाट कति बिरामी प्रभाबित हुन्छन्, बरेमा कुनै पनि निकाय जानकार छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि त्यसको तथ्याङक छैन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमख प्रकाश कुमार योगीका अनुसार अहिले सम्म कुनै पनि निकायले यसको तथ्याङक नराखेको बताए ।

    जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीको संख्या नरहेको जनाएको छ । अस्पतालहरुले पनि कति बिरामीहरुको उपचार गर्छन् भन्ने पनि तथ्यांक छैन ।

    प्रतिकृया दिनुहोस्