आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२५ गते
    १६०१ पटक
    नेपालगन्ज ।

    जीवन भर सँगै बाँच्ने संगै मर्ने कसम खाएर सम्बन्ध निर्वाह गर्न नसकेका कारण बाँकेमा सम्बन्ध विच्छेद र अवैध सम्बन्धको सिलसिला बढ्दो छ ।

    श्रीमति भागेको, अवैध सम्बन्ध कायम गरेको वा सम्बन्ध बिच्छेद गरि अर्को बिहे नै गरेको सम्मका घटनाबाट समाज अछुतो रहेन । जुन श्रीमति बालबालिकाका लागि पुरुष खाडीमा पसिना बगाउँछ त्यो श्रीमति नै यहाँ गर्भपतन गर्दै हिडेपछि सम्बन्ध कायम रहने प्रश्न नै उठ्दैन ।

    घटना बाँके खजुरा गाउँपालिका वडा नं। २ को हो । ८ वर्षअघि विदेश पसेका एक युवक घर फर्किंदा श्रीमति अर्कै संग हिंडेको खबर पाए, खोज तलास सुरु भयो । महिना दिन तलासपछि फर्किएकी श्रीमति अर्कै युवकसँग थिइन् ।

    बिदामा मात्र घर आउने युवकले जीवनका लागि पर्याप्त कमाइ भइसकेकोले अब पुनः विदेश नआउनु पर्ने मनशायका साथ घर आएका थिए । उनी त्यस दौरान कयौं पटक गर्भपतन गरेको तथ्यहरु प्रहरी माझ पुगिसकेको थियो । प्रहरीले दुवै महिला पुरुषलाई मिलेर बस्न अनुरोध गर्दै थियो । महिलाले आफु अर्कैसँग बस्ने तर्क गरेपछि प्रहरी पनि निरिह बन्यो । कारण कानून महिलाकै पक्षधर छ ।

    दृष्य हो, आइतवार जिल्ला प्रहरी कार्यालय बाँकेमा एउटा श्रीमान–श्रीमति बीचको छलफलको । साउदी अरबमा बसेर युवकले सात वर्षमा ७० लाख रुपैयाँ पठाए । महिलाका अनुसार, सबै रकम घर बनाउन, बच्चाको पालन पोषण, शिक्षा आदीमा खर्च भयो, बचेको १८ लाख रुपैयाँको हिसाब छैन ।

    त्यो १८ लाख नै फिर्ता दिन युवकले अनुरोध गरे, तर महिलाले आफु संग रुपैयाँ नरहेको दाबी गरिन् । उनले भनिन््, ‘मलाई तपाई संग बस्नु छैन ।’ युवकले पनि सम्बन्ध विच्छेद गरौं भनि सहमति भयो । जोडी जिल्ला प्रहरी कार्यालय बाँकेबाट बाहिर निस्कियो । पुरुषका समर्थक र सहकर्मीहरु सहित प्रहरी पनि मूकदर्शक भयो ।

    श्रीमति अर्कै युवक सँग आफ्नो बाटो लागिन । १२ वर्षिय छोरा र ९ वर्षिया छोरी सहित युवक पनि बिस्तारै बाहिरिए । दैनिक नेपालगन्जसँग सम्पर्कमा युवकले भने, ‘हाम्रो कहानी लामो छ, तर छोटोमा बुझौं, भन्नु पर्ने अब कुनै शब्द रहेन । न्याय पनि कसरी र कहाँबाट मागु, न्याय पनि आवश्यक रहेन अब ।

    यो घटना नौलो होइन । प्रतिनिधिमूलक घटनाबाट समाज भरिएको छ र हरेक दिन नयाँ घटनाले सम्बन्ध विच्छेदको मोडमा पुगेर टुंगो लागिरहेको भयावह स्थिति छ । ६ महिना अघि मात्रै नेपालगन्ज धम्बोझी बस्ने एउटा नयाँ जोडी धोकाको पात्र भयो ।

    आफु एउटा टेलिफोन कम्पनीमा काम गर्दै श्रीमतिलाई क्याम्पसमा बीएड अध्ययनमा सहयोग गर्दै आएका युवक काठमाडौं रहेका बेला श्रीमतिको फोन लाग्न छाड्यो । उनी हतारमा नेपालगन्ज फर्केर आउँदा श्रीमति घरमा थिइनन्, खोजी सुरु भयो । प्रहरीले उनलाई सुर्खेतबाट अर्कै युवक संग बसेको अवस्थामा पक्राउ गर्यो । कुरा सक्कियो ।

    प्रहरी रोहवरमा भएको छलफलमा महिलाले भनिन्, ‘म यिनी सँग बस्दिन ।’ ‘श्रीमतिको अन्तिम शब्द यहि थियो’, युवकले भने, ‘अब जीवनमा कहिले पनि बिहे गर्दैन ।’

    यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । समाज यस्ता भित्री अपराधहरुबाट समाज भरिएको छ । जुन श्रीमतिको खुशीका लागि पुरुष विदेशिन्छ, फर्कदै उनी अर्कैको भइसकेको पीडा ती पुरुषले मात्रै बुझ्न सक्छन् ।

    ‘अन्ततः सम्बन्ध बिच्छेदको प्रक्रिया संगै आर्थिक लेनदेन नलिने नदिने सम्झौता गरेर प्रहरीले पीडक र पीडितलाई घर पठायो’, सामाजिक सञ्जालमा आइतबार माथिकै प्रकृतिको एउटाबारे युवा स्रष्टा ऋचा लुइटेलले लेखेकी छन्, ‘जिल्ला प्रहरी कार्यालय बाँकेबाट बाहिर निस्किदा मन निक्कै भारी महसुस भएको छ ।’

    उनका अनुसार, निकै बेरको बहसपछि एउटा घटनामा ‘महिला नयाँ सारथीका साथमा र पुरुष स–साना लालाबालाका साथमा’ प्रहरी कार्यालयबाट बाहिरिएका थिए ।

    ‘सितापुरका ती भाईलाई जीवनमा हिम्मतका साथ अघि बढन हौसला मिलोस्’, लालाबाला लिएर बाहिरिएका पीडित पुरुष प्रति सहानुभूति व्यक्त गर्दै लुइटेलले आफ्नो पोष्टमा भन्छिन्, ‘महिलाको यस्तो रुप कहिल्यै देख्नु नपरोस् ।’

    #आजको दैनिक नेपालगन्ज साभार गरिएको ।

    प्रतिकृया दिनुहोस्