Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२३ गते
    ३३४ पटक
    काठमाडौँ ।

    रसियामा जारी विश्वकप अन्तर्गत हिजो राती सेमिफाइनका लागि भएको खेलमा उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको छ । दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन ।

    बेल्जियमले १३ औँ मिनेटमा पाएको कर्णर किकबाट आएको बलर्ला बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा गोल खान पुगेको थियो । र बेल्जियम १–० ले अघि बढेको थियो ।

    त्यसपछि खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनाएको हो ।

    पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले खेलको ७६ औँ मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेपछि ब्राजिलले खेललाई २–१ को अवस्थामा ल्याइ पुर्याएको थियो ।

    लुकाकुले नेमारलाई अंकमाल गर्दा 

    हिजो राति ११ ४५ मा बेल्जियम र ब्राजिलबिच भएको खेलमा ब्राजिलको सेमीफइनलमा पुग्ने सपना सकिएको छ । बेल्जियमसँग २ १ गोलको अन्तरले पछाडी पर्दे सेमिफाइनलमा नपुग्दै ब्राजिल घर फर्किएको छ ।

    ब्राजिलका खेलाडी नेमारलाई बेल्जियमका खेलाडी लुकाकुले अंकमाल गर्दे घर पठाएका छन् । लुकाकुले नेमारलाई अंकमाल गरे अनि त्यसपछि उनलाई हातले ढ्याप मार्दे घर पठाएका हुन् ।

    हुन त यो खेल पछिको नियम नै हो त पनि लुकाकुले जसरी अंकमाल गरे त्यतिबेला नेमारको आखामा भिन्ने तरंग थियो । त्यससमय नेमारको आखामा आशु मात्र भरिएको थियो । जुन फुटेजमा पनि देखाइएको थियो ।http://www.akhabardainik.com/wp-content/uploads/2018/07/naimar-and-lukaku.jpg

    प्रतिकृया दिनुहोस्