आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२३ गते
    १४० पटक
    काठमाडाैँ ।

    बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरिएको छ । तर बेल्जियमभने सेमिफाइनलमा प्रवेश गरेकाे छ । बेल्जियमले ब्राजिल सँग २–१ गाेलकाे अन्तर राख्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

    उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको हो । दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन ।

    बेल्जियमले १३ औँ मिनेटमा पाएको कर्णर किकबाट आएको बलर्ला बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा गोल खान पुगेको थियो । र बेल्जियम १–० ले अघि बढेको थियो ।

    त्यसपछि खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनाएको हो ।

    पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले खेलको ७६ औँ मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेपछि ब्राजिलले खेललाई २–१ को अवस्थामा ल्याइ पुर्याएको थियो ।

    तर त्यसपछि गोल हुन नसक्दा ब्राजिल २–१ ले पराजित हुँदै क्वार्टर फाइनलबाटै घर फर्कियो ।

    प्रतिकृया दिनुहोस्