Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२३ गते
    २१७ पटक
    काठमाडाैँ ।

    पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।

    लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो। एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए। पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

    खेलको ६१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई मजबुद अवस्थामा पुर्‍याए। दुई गोलले अग्रता बनाएपछि फ्रान्सले रक्षात्मक खेल्यो।

    उरूग्वे रूदै घर फर्कियाे 

    अाज भएकाे सेमिफाइनल खेलमा फ्रान्स सँग हार व्यहाेरेकाे उरूग्वे खेलमैदानबाट रूदै घर फर्किएकाे छ । हार पश्चात अाफुहरूलाइ समाल्न नसक्दा उरूग्वे  टिमहरू रून बाध्य भएका  हुन् ।

    खेल हेर्न अाएका उरूग्वे समर्थक हरूले पनि अाफ्नाे अाशुलाइ राेक्न सकेका  थिएनन् । अन्दाजी ६ वर्ष जतिकाे एक बालक पनि फ्रान्सले गाेल गरेपश्चात राेएका फुटेजमा देखाइएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्