आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२० गते
    ३५१ पटक
    साउदी ।

    रोजगारीको शिलशिलामा साउदी पुगेका रोल्पा कुरेलीका २३ बर्षिय रामचन्द्र पुन मगर आगोमा जलेर उपचारको क्रममा सोमबार निधन भएको छ । पुन काठमाडौ स्थित वाइड होराइजन ओभरसिज म्यानपावरबाट साउदी अरबको रियाद स्थित साउदी कार्पेट कम्पनिमा गएका थिए ।

    उनि साउदी पुगेको ३१ महिना भएको थियो । गत जुन १६ तारिखका दिन कम्पनीको नियमित ड्युटीकै क्रममा मेसिन सफा गर्दा एक्कासि बिधुतिय लाइन सर्ट भएर आगो लाग्दा उनि आगोमा जलेका थिए ।

    आगोले जलेका पुनलाई साउदिको उच्च अस्पताल रियाद केयर हस्पिटलमा उपचारको क्रममा जुलाई २ तारिख सोमबार उनको निधन भएको हो ।

    अस्पतालमा नियमित उपचारमा रहेका आफन्त खम बहादुर मगर, हुकुम सिंह रोका र कुरेली समाज साउदिका अध्यक्ष सुरेश रोकाका अनुसार राम चन्द्र पुनको उपचारका लागि आबस्यक रगत समेत दिएर पनि उनलाई बचाउन नसकेकोमा स्तब्ध भएको बताएका छन् । मृतक पुनको अप्रेसनको क्रममा ३ जनाले रगत दान समेत गरेका थिए ।

    पुनलाई अस्पतालले आइसियुमा राखेर उपचार गरेको थियो तर आगोले अधिक जलेको कारण उपचार असफल भएको हो ।

    मृतक पुनको शव नेपाल पठाउन कानुनी पहलको लागि रोजगारी दाता कम्पनी संग बुझेर छिटो प्रक्रिया चाल्न नेपाली दूतावास रियादका राजदुत डा. महेन्द्र सिंहलाई नेपाली जन प्रगतिशील मंचका महासचिव बाबुलाल बुढाले जानकारी गराइ सकेको पोष्टपाटीलाई बताएका छन।

    कम्जोर आर्थिकस्तर भएका रामचन्द्र पुन घर नगएको ३१ महिना भएको थियो । उनि परिवारको सबै भन्दा जेठो सन्तान थिए । घरको सबै आर्थिक भार उनको काँधमा थियो । अविवाहित रामचन्द्र पुनको परिवारमा बाबा वीर बहादुर पुन, आमा सम्जिता पुन र भाइ भुपेन्दर पुन, बहिनी मीना पुन रहेका छन ।

    रामचन्द्र पुनको दुखदायी मृत्यु भएपछी कुरेली समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मंचका अध्यक्ष रामकृष्ण पुन मगर, साउदिका अध्यक्ष सुरेश रोका, प्रमुख सल्लाहकार हितमान बुढा लगायत कुरेलि समाज परिवारले एक नोट जारिगरि मृतक पुनलाई श्रद्धाञ्जली दिनुको साथै शोकाकुल परिवारलाई समबेदना समेत प्रकट गरेको छ ।

    प्रतिकृया दिनुहोस्