आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/१६ गते
    २०१ पटक
    सुनसरी ।

    कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार गृहजिल्ला सुनसरीमा धान रोपाई गरेकी छन् । माछा मार्ने र हिले दौड प्रतियोगिता समेत रहेको कार्यक्रममा भने उनी सहभागी भइनन् । तर रोपाईमा सहभागी भएकी चौधरीले धेरै सर्वसाधारणले सहयोग गरेका थिए ।

    रामधुनी नगर ठूले मोड डुम्राहामा किसानले उनलाई साथ र्दि । १५ औं राष्ट्रिय धान दिवसका अवसरमा ‘धान उत्पादनमा बृद्धि, राष्ट्र समृद्धि’ भन्ने नारासहित कार्यक्रम गरिएको थियो ।

    ‘कृषिमा गुणात्मक बृद्धि गर्नु मन्त्रालयको लक्ष्य हो, यस पटकको धान दिवसमा भएका सक्रियताले यहि लक्ष्यलाई प्रतिबिम्बित गर्छ’, चौधरीले सर्वसाधारणसँग रोपाईँ गर्दै भनिन्,‘हामी धानको आयातमा पनि परनिर्भर हुने अवस्थालाई सुधार गर्ने योजनामा छौं ।’

    जिल्ला कृषि बिकास कार्यलय सुनसरी र रामधुनी नगरपालिका–८ को संयुक्त आयोजनामा गरिएको रोपाइँ कार्यक्रममा मन्त्रालयका सह–सचीव तथा प्रवक्ता योगेन्द्र कार्की , खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सञ्जिव कर्ण, सुनसरी जिल्ला प्रशासन कार्यलय प्रमुख प्रेमप्रसाद उप्रेती, क्षेत्रीय पशु स्वास्थ केन्द्रका प्रमुख र जिल्लाका कार्यलय प्रमुखहरूको पनि सहभागीता थियो ।

    प्रतिकृया दिनुहोस्