आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
    ३३ पटक
    कोहलपुर ।

    बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ । मंगलबार थप ४३ जना संक्रमित थपिएपछि संक्रमितको संख्या एक हजार पाँच सय नाघेको हो ।

    जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप ४३ जनामा कोरोना पुष्टि भएको थियो ।

    भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ४१ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै नेपालगञ्ज उप–महानगरपालिका ३० जना रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका ६ जना, खजुरा गाउँपालिकाका ३ र कोहलपुर नगरपालिकाका एक जना छन् ।

    योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय १२ पुगेको छ । बाँकेमा मंगलबार पत्रकार दामोदर भण्डारीसहित डाक्टर, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना कोरोना जितेर घर फर्किएका थिए ।

    जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १८ महिला र २४ पुरुष गरी ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ७८ पुगेको छ ।

    मंगलबार साँझसम्म जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा ४ सय २६ जना सक्रिय संक्रमितहरु रहेका छन् । कोरोना संक्रमणका कारण बाँकेमा अहिलेसम्म बाँकेमा ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्