आज : २०७७ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/३० गते
    ४४ पटक
    मुम्बई ।

    पछिल्लो समय सबैभन्दा बढी स्टेज कार्यक्रममा व्यस्त रहने सन्नी लियोनी अहिले फुर्सदमा छिन् । न त कुनै नयाँ फिल्म छ न स्टेज कार्यक्रम नै ।

    आफ्नो लागि यो समय विताउन निकै गाह्रो भएको उनको भनाई छ । आफ्ना श्रीमानसँग घरमा बसेर खाना पकाउन सिक्नु बाहेक अरु कुनै प्रगति यो अबधिमा नभएको पनि उनले बताइन् ।

    लकडाउन सुरु हुनु अघि ६ महिनाका लागि उनले सम्झौता गरिसकेकी थिइन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना सँक्रमण भारतमा पनि फैलिएपछि सबै कार्यक्रम रोकियो ।

    केबल भारतमा मात्र हैन, आफ्नो बिदेशका सबै कन्सर्टको बुकिङ रद्ध भएको यी अभिनेत्रीको भनाई छ । उनी कोरोना संक्रमण कहिले हट्ला र आफ्नो यस अघिका कार्यक्रम फेरी आयोजना होलान भन्ने प्रतिक्षामा छिन् ।

    प्रतिकृया दिनुहोस्