आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/२८ गते
    ८० पटक
    काठमाडौं।

    लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने २४ वर्षीय सन्तोष विष्ट लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    बाँके कोहलपुर नगरपालिका–११ घर भएका ४२ वर्षीय पुरुषको नागार्जुन नगरपालिका–४ बाफल चोकबाट बस चढेर स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट तत्काल झरी उनीहरू भागेका थिए।

    पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा।२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न खोजेको अवस्थामा उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्