Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/२८ गते
    ४७ पटक
    एजेन्सी ।

    कोरोना भाइरसको महामारीले संसारभरको अर्थतन्त्र तथा गतिविधि ठप्प पारेको छ। यही भाइरस विरुद्धको खोप विकासका लागि अहिले संसारभरका फर्मास्युटिकल्स कम्पनीहरु लागिपरेका छन्। भ्याक्सिनको दौडमा प्राय शक्ति राष्ट्रहरु सहभागी छन्। एकातिर अनुसन्धान र अर्कोतिर उत्पादनका लागि उनीहरुले काम गरिरहेका छन्।

    भ्याक्सिन आएपछि यसको वितरण सबैभन्दा ठूलो चुनौतिका रुपमा देखिनसक्ने भन्दै विश्वव्यापी कल्याणकारी फोरमहरुले संसारभरका मान्छेहरुमा पुर्‍याउनका लागि पनि तयारी गरिरहेका छन्। कोरोनाका कारण कयौं देशका नाका बन्द रहेको, ढुवानी श्रृखला अवरुद्ध भएको अहिलेको समयमा एक देशबाट अर्को देशमा पुर्‍याउने यातायात मुख्य मिसन हुने उनीहरुको बुझाइ छ।

    इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन(आइएटा)का अनुसार संसारभरका मान्छेहरुलाई एक डोज भ्याक्सिन वितरण गर्नका लागि ८ हजार कार्गो जहाज आवश्यक हुने छन्। बोइङको ७४७ कार्गो जहाज ८ हजार चाहिने आएटाको प्रारम्भिक निष्कर्ष छ।

    ‘कोभिड १९ को भ्याक्सिनलाई संसारभर सुरक्षित वितरण गर्ने यो मिसन सामन्य होइन। विश्वव्यापी एयर कार्गो उद्योगका लागि यो शताब्दीकै ठूलो अभियान हो’ आइएटाका प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्डर डे जुनिकले भनेका छन्।

    यो अभियानका लागि के कस्तो आवश्यकता देखिनेवाला छ भनेर आफूहरुले संसारभरका सरकारहरुदाई जानकारी गराइसकेको उनले जानकारी दिएका छन्। लजिस्टिट चेन व्यवस्थापनका लागि सहकार्य, सुरक्षाको व्यवस्थापन, प्रक्रियागत सहजीकरणका विषयमा सरकारहरुले द्रुतमार्गबाट काम गर्नुपर्ने उनको सुझाव छ।

    भ्याक्सिन वितरणका लागि अन्य वस्तुको ढुवानी गरेकजस्तो पक्कै हुने छैन। तापक्रम नियन्त्रण प्रणाली भएका जहाज चाहिन्छ। त्यस्तै उडानदलका सदस्य पनि तालिमप्राप्त हुनुपर्छ। यी सबैका लागि कार्गो उडान गर्ने एयरलाइन्स आफै पनि तयार हुनुपर्ने अवस्था रहेको छ।

    प्रयोगका लागि तयार हुनेवित्तिकै तयार नभएमा भ्याक्सिनको विश्वव्यापी वितरण सहज नहुने आइएटाले जानकारी गराएको छ।

    प्रतिकृया दिनुहोस्