Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/२७ गते
    ६९ पटक
    एजेन्सी ।

    एक जना गरीब मुसलमान सन् १९३० तिर दक्षिण यमनको हदरमन भन्ने ठाउँबाट काम खोज्दै आएर जेद्दाह विमानस्थलमा ज्यामी र भरियाको काम गर्न थाले । कति अचम्म ! त्यही मान्छे एक दिन साउदी अरबको सबभन्दा ठूलो निर्माण कम्पनीका मालिक भए ।

    ती मान्छे अरु कोही नभएर अहिले अमेरिकाद्वारा आतंकवादी घोषित गरिएका व्यक्ति ओसामा बिन लादेनका पिता मोहम्मद अवद बिन लादेन थिए । सन् १९५७ मा ओसामा बिन लादेनको जन्म हुँदासम्ममा उनका पिता मोहम्मद अवद बिन लादेन साउदी अरबको राजपरिवारपछि सबैभन्दा धनी मान्छे भइसकेका थिए ।

    भनिन्छ, साउदी अखडा तत्कालीन राजा साउदको राज्यकालमा उनको दरवारको निर्माण साह्रै थोरै रकममा गरिदिएको हुनाले मोहम्मद अवाद बिन लादेनसँग राजा साउद अत्यन्त प्रभावित भए । मुसलमानहरुको पवित्र धार्मिकस्थल मानिने मक्का र मदीना शहर र मस्जिदहरुको सफल पुनर्निमार्ण र विस्तारपछि उनी जनता र राजपरिवारबीच अत्यन्त लोकप्रिय र प्रभावशाली भए ।

    त्यतिखेरसम्ममा शाही परिवारपछिका सबैभन्दा धनी साउदी नागरिक बनिसकेका मोहम्मद लादेन राजालगायत राजपरिवारका अन्य सदस्यहरुसँग पनि नजिक भए, विशेषतया फैसालसँग । साठीको दशकमा राजा साउद र फैजलको विवाद बढ्यो, सो विवादमा अवद बिन लादेनले राजा साउदलाई राज्यसत्ता छोड्न सहमति गराए र फैजल राजा भए ।

    भनिन्छ, यिनको राज्यकालमा राज्यको ढुकुटी खाली थियो र अवद बिन लादेनले ६ महिनासम्म सम्पूर्ण सरकारी कर्मचारीको तलब आफूले तिरिदिए । त्यो गुनको बदलामा राजा फैजलले राज्यको सम्पूर्ण निर्माण कार्य अवद बिन लादेनले मात्रै गर्न पाउने कानून पास गराएर केही समयको लागि सार्वजनिक कार्यको मन्त्री पनि बनाए ।

    साठीको दशकमा राजा साउद र फैजलको विवाद बढ्यो, सो विवादमा अवद बिन लादेनले राजा साउदलाई राज्यसत्ता छोड्न सहमति गराए र फैजल राजा भए । भनिन्छ, यिनको राज्यकालमा राज्यको ढुकुटी खाली थियो र अवद बिन लादेनले ६ महिनासम्म सम्पूर्ण सरकारी कर्मचारीको तलब आफूले तिरिदिए । त्यो गुनको बदलामा राजा फैजलले राज्यको सम्पूर्ण निर्माण कार्य अवद बिन लादेनले मात्रै गर्न पाउने कानून पास गराएर केही समयको लागि सार्वजनिक कार्यको मन्त्री पनि बनाए ।

    अवद बिन लादेन, धार्मिक, अनुशासित र प्रभावशाली व्यक्तित्व भएका मानिस थिए । उनी आफ्ना सबै सन्तानहरुलाई एउटै घरमा राखेर सामाजिक र धार्मिक अनुशासनको कडाइका साथ पालना गराउँथे । केटाकेटीहरुलाई ठूला मान्छेसरह व्यवहार गर्थे र कम उमेरमै आफ्नो आत्मबलको प्रदर्शन गर्ने र आफ्ना कामका योजनाहरु बनाउन प्रोत्साहित गर्थे ।

    यस्ता पिताका ५२ जना सन्तानहरुमध्ये १७ औं सन्तान र सातौं छोरा भएर जन्मे – ओसामा बिन लादेन । ओसामा बिन लादेनको अरु नाम पनि छ, जस्तो मोहम्मद अल वाहद र अबु अब्दुलाह !

    ओसामाको जन्म र बाल्यकाल

    अवद बिन लादेनका ११ जना श्रीमतीहरु थिए । ओसामा बिन लादेनकी आमा सिरियाली थिइन् । मोहम्मद अवद बिन लादेनका विभिन्न श्रीमतीहरुबाट ५२ जना सन्तानहरु जन्मेका थिए । तीमध्ये १७ औं सन्तान थिए– ओसामा । उनको  जन्म रियाद शहरमा भएको थियो ।

    मोहम्मद अवद बिन लादेनको रेखदेखमा हुर्केका कारणले केटाकेटीमै ओसामाको दृढ विश्वासका साथ काम गर्ने बानी रह्यो । १३ वर्षको उमेरमा ओसामाका पिताको देहान्त भयो र १७ वर्षको उमेरमा आफ्नै नातेदार एक सिरियाली केटीसँग उनको विवाह भयो ।

    ओसामाको शिक्षा र वैचारिक निर्माण

    ओसामाले विदेशमा गएर पढेनन् । उनको प्रारम्भिक, माध्यमिक र विश्वविद्यालय स्तरको पढाई जेद्दाहमै भयो । सन् १९७९ मा जेद्दाहस्थित राजा अब्दूल अजिज विश्वविद्यालय (जेद्दाह यूनिभर्सिटी) बाट सिभिल इन्जिनियरिङ्ग र सोही विश्वविद्यालयबाट सन् १९८१ मा जनप्रशासनमा उनले डिग्री हासिल गरे । उनी विद्यार्थीकालमा इस्लाम भाइचारा नामक संगठनसँग सम्बन्धित थिए ।

    उनी सिरिया, पाकिस्तान, अफगानिस्तान र सुडानमा यात्रा गर्थे । जेद्दाह यूनिभर्सिटीकै अध्ययनको क्रममा डा. अब्दुल्लाह आजमले उनीभित्र धार्मिक दृष्टिकोण निर्माण गरेका थिए । डा. आजम इस्लाम भाइचारा (मुस्लिम ब्रदरहूड)का प्रभावशाली नेता थिए ।

    बिन लादेन परिवार राजघरानाको परिवार नभएपनि राजघरानासँग सम्बन्ध भएको सम्पन्न परिवार थियो । प्रशस्त सम्पत्ति, नोकर–चाकर, दरवार, ठूलो परिवार र धर्मप्रति आस्थावान हुनु त्यस परिवारको परम्परा र अनुशासन थियो ।

    इस्लाम धर्मप्रति अगाध विश्वास र आस्थाका कारण ओसामाका पिताले हाजीको सिजनमा संसारका विभिन्न स्थानबाट मक्का र मदिनामा आउने दर्शनार्थी एवं धर्मगुरुहरुलाई सम्मानका साथ स्वागत गर्ने गर्थे । तीमध्ये कोही इस्लाम धर्मका नेता र विद्यार्थीहरु पनि हुन्थे, जो धार्मिक अभियानमा सक्रिय रुपमा लागिरहेका हुन्थे ।

    बिन लादेन परिवार राजघरानाको परिवार नभएपनि राजघरानासँग सम्बन्ध भएको सम्पन्न परिवार थियो । प्रशस्त सम्पत्ति, नोकर–चाकर, दरवार, ठूलो परिवार र धर्मप्रति आस्थावान हुनु त्यस परिवारको परम्परा र अनुशासन थियो ।

    इस्लाम धर्मप्रति अगाध विश्वास र आस्थाका कारण ओसामाका पिताले हाजीको सिजनमा संसारका विभिन्न स्थानबाट मक्का र मदिनामा आउने दर्शनार्थी एवं धर्मगुरुहरुलाई सम्मानका साथ स्वागत गर्ने गर्थे ।

    यो परम्परा बिन लादेन परिवारले पछिसम्म पनि कायम राखे । यसले गर्दा ओसामाका लागि ती नेता एवं विद्वानहरुसँग राम्रो परिचय गर्ने मौका मिल्दथ्यो । त्यस समयमा जेद्दाद र मक्कामा मुस्लिम विद्वानहरुको राम्रै जमघट हुने गर्दथ्यो ।

    ओसामा ती विद्वानहरुसँग मुस्लिम भाइचाराको सम्बन्ध राख्ने सधारण व्यक्तिका रुपमा प्रस्तुत हुन्थे । विश्व विद्यालयमा अध्ययन गर्दा इस्लाम धर्मको अध्ययन अनिवार्य थियो । इस्लाम अध्ययनको क्रममा उनीसँग दुई गुरुहरु परिचित भए ।

    तीमध्ये एक जना थिए अब्दुल्ला आजम, उनी पछि गएर प्यालेस्टाइनको हमास संगठनका प्रख्यात वैचारिक नेता भए । अर्का व्यक्ति थिए ः प्रख्यात इस्लामी लेखक एवं देर्शनशास्त्री महम्मद कुतुव ।

    तिनीहरुबाट विचारलाई व्यवहारमा लागू गर्ने काममा आजम र राजकुमार टर्की इब्न फैजल इब्न अब्देलादेजीजले उनलाई डो¥याएका थिए । राजकुमार टर्की इब्न फैजल साउदी अरबको गुप्तचर विभाग– ‘इस्तखबरात’का प्रमुख थिए ।

    ओसामा अफगानिस्तानतर्फ

    ओसामा अफगानिस्तानतर्फ त्यतिखेर आकर्षित भए जतिखेर सोभियत संघले सन् १९७९ डिसेम्बर २६ का दिन अफगानिस्तानमा आक्रमण ग¥यो । आक्रमणको दोस्रो हप्तातिरै उनी पाकिस्तानको कराँची र पेशावरमा गए । त्यहाँ उनले केही नेता एवं शरणार्थीहरुसँग भेटघाट गरे । ती नेताहरुमध्ये रब्वामी र शैयफजस्ता नेताहरु पनि थिए ।

    तिनीहरुसँग ओसामा हाजीको समयमा आफ्नो घरमा गरिने स्वागत कार्यक्रमबाटै परिचित भइसकेका थिए । भेटघाट, एक प्रकारको अध्ययन र अनुसन्धानको यात्रा थियो – ओसामाका लागि ।

    करीब एक महिनाको यात्रा गरेर आफ्नो देशमा फर्किसकेपछि उनी मुजाहिद्दीनको सहयोग जुटाउन थाले । यसै क्रममा आफ्नो भाइ, नोतदार र साथीहरुबाट प्रशस्त रकम र साधन संकलन गरे । र, सोभियत संघको विरुद्धको जेहादका लागि चन्दा दिए ।

    उनी अफगान–पाकिस्तानको सीमा क्षेत्रसम्म यसरी नै सहयोग जुटाई वर्षको एक दुई पटक पुगिरहे ।

    सन् १९८२ मा उनी अफगानिस्तान पुगे र मुजाहिद्दीनका लागि प्रशस्त निर्माणका मेशिनहरु पु¥याए । बिस्तारै उनले अफगानिस्तानतिर बढी समय बिताउन थाले । र, उनको अफगानिस्तान बसाईले धेरै साउदीहरुलाई अफगानिस्तान आउन प्रोत्साहित ग¥यो ।

    गेष्ट हाउस

    सन् १९८४ मा आएर ओसामाले पेशावरमा एउटा ठूलो गेष्ट हाउस बनाइदिए । त्यो गेष्ट हाउस एउटा त्यस्तो स्टेशन थियो, जहाँ अरब मुजाहिद्दीनहरु धर्मको अध्ययन र सशस्त्र तालिममा भाग लिनुअघि रहने गर्दथे ।

    त्यो गेष्ट हाउसको निर्माणकै समयमा बिन लादेनले अब्दुल्लाह आजमको अभियानमा दाहिने हातको पनि भूमिका खेले । उनी जेहाद सेवा केन्द्र, संचार, प्रकाशन र सामाजिक कामको हिसाबले अति सक्रिए भए ।

    यही अभियानले गर्दा बढीभन्दा बढी अरेबीयन र साउदीहरुलाई अफगानिस्तानतिर आकिर्षित गर्न थाल्यो ।

    युद्धमा नेतृत्व

    सन् १९८६ मा ओसामाले अफगानिस्तानमा आफ्नो सैनिक क्याम्प खडा गर्ने निर्णय गरे । र, दुुई वर्षको अवधिमा उनले ६ वटाभन्दा बढी सैनिक क्याम्पहरु खडा गरे । उनले आफ्नै नेतृत्वमा युद्ध संचालनका लागि छुट्टै संस्था निर्माण गर्ने योजना बनाए । सिरिया र इजिष्टबाट भूतपूर्व सेनाका अनुभवी व्यक्तिहरु मगाए ।

    यसरी गेष्ट हाउस र क्याम्पको व्यवस्था अरब मुजाहिद्दीनहरुका लागि थप आकर्षणको बिषय बन्यो । उनले सानातिना युद्ध र छापामार संघर्षका साथसाथै सोभियत सेनासँग ठूल्ठूला लडाइँहरु आफ्नै नेतृत्वमा लड्न थाले । सन् १९८४–१९८९ को अवधिमा उनी अफगानिस्तानमा बसे र कहिलेकाहीं मात्रै साउदी अरेबीया जान थाले ।

    अल कायदा

    सन् १९८८ मा युद्धका लागि समर्पितहरुका परिवारजनहरुले आफ्नो मान्छेको बारेमा जब खोज खबर गरे, तब ओसामाले त्यसका बारेमा जानकारी दिन नसकेको कुरा महशुस गरे । त्यस्तै उनले गेष्ट हाउसदेखि क्याम्पसम्म आउने समाजसेवी वा मुजाहिद्दीन सबै मानिसहरुको सही रेकर्ड र कागजात तयार पार्ने काम गरे ।

    त्यस्तै, त्यहाँ आउने ती व्यक्तिहरुको आवत–जावतका बारेमा पनि अभिलेख राख्ने काम शुरु गरे । यसरी को व्यक्ति कहिले आएको हो, कहाँ गएको हो र कहिले फर्किएको हो समेत थाहा हुने भयो ।

    यो अभिलेख राख्ने भवनलाई अरबी भाषामा ‘अल कायदा’ ९ब्(ित्तबभमबज० भन्ने नाम दिइयो । त्यसको अर्थ हो– आधार, अर्थात् ‘त्जभ दबकभ’ । यही नाम पछि गएर ओसामाको लडाकू संगठनको नाम बन्यो ।

    फेरि साउदी अरबमा

    सोभियत सेनाले अफगानिस्तान छोडिसकेपछि उनी साउदी अरब फर्किए । त्यसपछि उनी आफ्नो पारिवारिक व्यवसाय निर्माण कम्पनीमै काम गर्न थाले । ओसामा त्यतिखेर मुस्लिम युवाहरुका लागि ‘हिरो’ भइसकेका थिए । तर राज्यले उनलाई खासै सम्मान गरेन ।

    यसैबेला इराकले कुवेतमाथि आक्रमण गर्ने तयारी गरिरहेको थियो । यो कुरा ओसामालाई ठीक लागेन र उनले राजालाई इराकी आक्रमणको विरुद्धमा जनस्तरबाट प्रतिरक्षात्मक तयारी गर्नुपर्ने र त्यसका लागि आफ्ना पूर्व मुजाहिद्दीन र सहयोगी तयार रहेको खबर पठाए । उनले राजपरिवारका सदस्यहरुलाई भेटी यो जानकारी पनि गराए ।

    उनले सद्दाम हुसेनको विरुद्धमा ठाउँ–ठाउँमा भाषण गर्न थाले । सद्दामसँग साउदी अरबको राम्रो सम्बन्ध थियो र खुलेआम सद्दामको विरुद्धमा ओसामाले गरेको भाषण राज्यलाई मन परेको थिएन ।

    इराकी आक्रमण विरुद्धको आफ्नो सहयोग राज्यले स्वीकार्छ कि भन्ने ओसामालाई लागेको थियो र उनी आफ्नो मान्छे र स्रोत–साधन जुटाउने कामतिर लागिसकेका थिए ।

    तर राज्यको भित्री तयारी अर्कै थियो, जुन ओसामालाई थाहा नभएको मात्र होइन, उनले सोचेका पनि थिएनन् । राज्यले ओसामाको खुलेआम यात्रालाई प्रतिबन्ध लगायो र ओसामाको प्रस्तावलाई स्वीकार गरेन ।

    ओसामाको प्रस्ताव लागू गर्नुको सट्टा पाँच लाखभन्दा बढी अमेरिकी सेना साउदी भूमिमा ओह्रालियो । मक्का–मदिनाजस्तो धार्मिकस्थल रहेको राज्यमा विदेशी सैनिकलाई राज्यले नै ओरालेपछि आफूलाई युद्धको लागि सक्षम ठानेर राज्यको लागि युद्ध गर्न तयार भइरहेको एक इस्लाम योद्धा अत्यन्त रिसाए । त्यसपछि उनी राज्यको आलोचक भए । राजाप्रति उनको आस्था रहेन । उनी अमेरिकी सैनिकले साउदी अरबमा ओर्लेको क्षणलाई अति दुःखद् क्षणको रुपमा वर्णन गर्छन् ।

    ओसामाको प्रस्ताव लागू गर्नुको सट्टा पाँच लाखभन्दा बढी अमेरिकी सेना साउदी भूमिमा ओह्रालियो । मक्का–मदिनाजस्तो धार्मिकस्थल रहेको राज्यमा विदेशी सैनिकलाई राज्यले नै ओरालेपछि आफूलाई युद्धको लागि सक्षम ठानेर राज्यको लागि युद्ध गर्न तयार भइरहेको एक इस्लाम योद्धा अत्यन्त रिसाए । त्यसपछि उनी राज्यको आलोचक भए । राजाप्रति उनको आस्था रहेन ।

    त्यसपछि ओसामाले राजा तथा राजपरिवारलाई सम्बन्ध राख्नुको सट्टा धार्मिक विद्वान एवं मुस्लिम कार्यकर्ताहरुसँग सम्बन्ध बिस्तार गर्न र उनीहरुको सहयोगमा फतवा (धर्मको लागि गरिने एक प्रकारको रुलिङ्ग आदेश)को घोषणा गरे र अफगानिस्तानमा तालिमका लागि उनीहरु सहमत भए ।

    करीब ४००० जना व्यक्तिहरु फतवाको रुपमा आएको  नयाँ युद्धका लागि अफगानिस्तान गए । यस किसिमको गतिविधिबाट राज्य खुशी थिएन र उनलाई केही समय जेद्दाहमा नजरबन्दमा राखियो ।

    उनले दिएका भाषण र गतिविधिका लागि राज्यले उनलाई स्पष्टीकरणको माग गर्ने र चेतावनी दिने काम ग¥यो । उनलाई पक्रनका लागि जेद्दाहको ग्रामीण क्षेत्रमा रहेको उनको फार्ममा छापा मारियो ।

    पुनः निर्वासन

    अमेरिकी सैनिकशक्ति राज्यमा तैनाथ थियो र उनीहरु यसको विरोधमा थिए । ओसामा जेद्दाह शहरमा नजरबन्दमा थिए । यस किसिमको जीवनबाट उनी वाक्क भइसकेका थिए ।

    राजा फाहदसँग उनका एक जना भाइको राम्रो सम्बन्ध थियो । त्यस्तै, राजकुमार अहमदसँग पनि राम्रै सम्बन्ध थियो । राजकुमार अहमद गृह राज्यमन्त्री पनि थिए । उनले आफ्नो भाइलाई व्यावसायिक कामको सिलसिलामा पाकिस्तान जानुपर्ने र तुरुन्तै फर्कने कुरा बताए । त्यस कामको लागि सबभन्दा ठूलो बाधक थिए, राजकुमार नयेफ, जो गृहमन्त्री थिए ।

    उनका भाइले गृहमन्त्री राजकुमार नयेफ देशबाहिर गएको मौका पारी गृहराज्यमन्त्री राजकुमार अहमदलाई ओसामाको प्रतिबन्ध फुकुवा गर्न लगाए । यो घटना सन् १९९१ अप्रिल महिनाको थियो । जब ओसामा पाकिस्तान पुगे उनले राजपरिवारका अगाडि भाइलाई अप्ठ्यारो पारेकोमा माफी माग्दै स्वदेश नफर्कने कुरा लेखिपठाए ।

    अफगानिस्तानबाट सुडानमा निर्वासन

    ओसामा पाकिस्तान आइपुग्नासाथ अफगानिस्तानतिर लागे । त्यहाँ उनले अफगानी राजनैतिक पार्टीहरुको आपसी झगडा देखे । उनीहरु सबैलाई मिलाउन प्रयत्न गरे । आफ्ना अनुयायीहरुलाई विवादमा नपर्न आदेश दिए । अफगान निर्वासनको बेला साउदीहरुले उनको अपहरण र हत्या गर्ने प्रयत्न गरे ।

    उनका योजनाहरु आफ्नै साउदी र पाकिस्तानी मित्रहरुबाटै चुहिने गथ्र्यो । त्यसैले गर्दा पनि उनी अफगानी समस्या हल गर्न असफल हुने गर्थे ।

    सुडानले त्यतिखेर सबै मुस्लिमहरुलाई विना प्रवेशाज्ञा (भिसा) स्वागत गरिरहेको थियो । भनिन्छ, सयौं पूर्व मुजाहिद्दीनहरु सुडानमा आएर बस्न थालेका थिए । उनी पनि निजी विमानबाट सन् १९९१ को अन्त्यमा सुडानमा निर्वासित भए ।

    सन् १९९१ मै अमेरिकी सैनिकहरुले खाडी युद्धमा विजय प्राप्त गरे । र साउदी अरबलगायतको खाडी क्षेत्रमा प्रशस्त मात्रामा अमेरिकी सैनिकहरु स्थायी रुपमा तैनाथ गरे । उनी सुडानमा एक शरणार्थी र निर्माण परियोजनाहरुमा सरकारको सहयोगीका रुपमा उपस्थित भए ।

    त्यसपछिको विकल्प भनेको उनका लागि सुडान थियो । सुडानले त्यतिखेर सबै मुस्लिमहरुलाई विना प्रवेशाज्ञा (भिसा) स्वागत गरिरहेको थियो । भनिन्छ, सयौं पूर्व मुजाहिद्दीनहरु सुडानमा आएर बस्न थालेका थिए । उनी पनि निजी विमानबाट सन् १९९१ को अन्त्यमा सुडानमा निर्वासित भए । सन् १९९१ मै अमेरिकी सैनिकहरुले खाडी युद्धमा विजय प्राप्त गरे ।

    र साउदी अरबलगायतको खाडी क्षेत्रमा प्रशस्त मात्रामा अमेरिकी सैनिकहरु स्थायी रुपमा तैनाथ गरे । उनी सुडानमा एक शरणार्थी र निर्माण परियोजनाहरुमा सरकारको सहयोगीका रुपमा उपस्थित भए । उनी र सुडानको सत्ता दुवैको तर्फबाट फौजी कारवाही गर्ने योजना थिएन । उनलाई सुडानले विशेष अतिथिको रुपमा ग्रहण गरेको  थियो ।

    उनले थुप्रै निर्माणका साधनहरु सुडानको विकासमा प्रयोग गरे र थुप्रै निर्माणका परियोजनाहरुमा आफू पनि व्यस्त भए । साथै त्यहाँ छाला उद्योग, दुई ठूला फार्महरु र ठूलो निर्माण कम्पनी कानूनी रुपमै दर्ता गरेर बसे ।

    साउदी अरबका थुप्रै धनाढ्यहरुलाई सुडानमा लगानी गर्न सहमत गराए । जेद्दाहका उनका आफ्नै भाइहरु एवं साहुकारहरुले रियल स्टेट, फार्मिङ र कृषि उद्योगहरुमा प्रशस्त लगानी गरे ।

    सुडानमा पनि उनको हत्याको प्रयत्न भयो । यसै क्रममा सन् १९९२ डिसेम्बर २९ का दिन दक्षिण यमनको एउटा होटेलमा बम बिस्फोटन भयो । त्यस होटलमा अमेरिकी सैनिकहरु सोमालियामा तथाकथित मानवीय सेवाका लागि जाने क्रममा बस्ने गर्थे । बम बिस्फोटभन्दा पहिले नै अमेरिकी सैनिकहरुले  होटेल छाडिसकेका थिए ।

    त्यसैले सो घटनामा दुई अष्ट्रियन पर्यटकहरु मारिए । दुई जना यमनी मुस्लिम सैनिकहरु घटनामा घाइते भएका थिए । ती सबैजनालाई सो घटनामा संलग्न भएको आशंकामा पक्राउ गरियो । ती मुस्लिम सैनिकहरुले अफगानिस्तानमा तालिम पाएका थिए । यो घटनालाई अमेरिकी गुप्तचरहरुले ओसामा बिन लादेन र अर्का सहयोगीहरु संलग्न भएको अमेरिकी विरुद्धको पहिलो आतंक भएको दावी गरे ।

    सन् १९९३ मा अमेरिकाले आतंकवादलाई साहयोग पु¥याउने देशको रुपमा सुडानलाई घोषणा ग¥यो । र अमेरिकी सूत्रले सुडानले बिन लादेनको सहयोगमा आणविक हतियार र जैविक हतियारहरु राख्ने कोशिस गरेको कुरा प्रचारमा ल्यायो ।

    लगत्तै अक्टोबर ३ र ४ मा सोमालियाको मोगादिशुमा १८ अमेरिकी सैनिकहरु मारिए । त्यो हत्याकाण्डमा संलग्न मानिसहरुलाई तालिम र हतियार दिएको आरोप पनि ओसामामाथि नै आइलाग्यो ।

    भनिन्छ, यस घटनामा बिन लादेनको कुनै हात थिएन । तर दुवै घटना अफगानिस्तानमा तालिम पाएका मुजाहिद्दीनहरुले गरेका कारणले ओसामालाई शंका गर्ने ठाउँ रह्यो । सुडानलाई भने यसबारे कुनै जानकारी नै थिएन ।

    साउदी अरबको विरुद्धमा

    सन् १९९२ देखि १९९४ बीचमा साउदी अरबमा भएका उनको सम्पत्ति र नागरिकता राज्यले जफत गरिसकेको थियो । उक्त घटनाबाट मर्माहत भएपछि निकै लामो समयको मौनतापश्चात् ओसामा बिन लादेनले एउटा प्रेस–विज्ञप्ति जारी गर्दै, आफ्नो परिचयको लागि ‘साउदी’ सिफारिस जरुरी नभएको घोषणा गरे ।

    साथै विद्वान एवं कार्यकर्ताहरुको एउटा राजनैतिक समूह ‘सल्लाह र सुधार समिति’ ९ब्मखष्अभ बलम चभायचm अयmmष्ततभभ० को गठन गरे । यो समूहले साउदी राज्यको कडा आलोचना गर्न थाल्यो । तर कतै पनि ‘आतंकका लागि आतंक’को कुरा गरेको देखिँदैन ।

    अमेरिकाविरोधी घटना र ओसामाप्रति शंका

    सन् १९९४ देखि १९९६ को बीचमा साउदी सीमासँगै रहेको उत्तरी यमनमा गुरिल्ला सैनिकको तालिम दिएको, वल्र्ड ट्रेड सेन्टरमा बम बिस्फोट गराउने योजनाकार रामजी यू सूफलाई आर्थिक सहयोग गरेको, इजिप्टको राष्ट्रपति होस्नि मुवारकको हत्या प्रयासमा कुनै किसिमको सम्बन्ध भएको आरोप उनीमाथि लगाउन थालियो ।

    रियादमा भएको साउदी राष्ट्रिय गार्ड तालिम केन्द्रमा ५ अमेरिकी र दुई भारतीयको हत्याकाण्डमा पक्राउ गरिएका व्यक्तिहरुले आफूहरु ओसामाको प्रेस विज्ञप्तिबाट प्रभावित भएको बयान दिएको आधारमा त्यस हत्याकाण्डको आरोप पनि ओसामा बिन लादेनमाथि नै आई प¥यो ।

    अफगानिस्तान : तेस्रोपटक

    यसै क्रममा उनी विशेषतया अमेरिकाविरोधी मुस्लिम योजनाकार र धनाढ्यको रुपमा प्रचारित हुँदै आए । फलस्वरुप सन् १९९६ मा सुडानमाथि अमेरिका एवं साउदी अरेबीयालगायत पाश्चात्य देशहरुको दबावका कारण उनले सुडान छोडे ।

    त्यो समय ओसामा बिन लादेनका लागि टेक्ने भूमि थिएन । त्यतिखेरसम्म उनले सबै विकल्पहरुको प्रयोग गरिसकेका थिए । फेरि पनि उनको अन्तिम विकल्प अफगानिस्तान नै थियो । उनी योजनाबद्ध तरिकाले अफगानिस्तानका पुराना साथीहरुसँग सम्पर्क गरी आफ्ना अनुयायीहरुसहित सिधै पूर्वी अफगानिस्तानको जलालावादमा निर्वासित भए ।

    त्यो समय ओसामा बिन लादेनका लागि टेक्ने भूमि थिएन । त्यतिखेरसम्म उनले सबै विकल्पहरुको प्रयोग गरिसकेका थिए । फेरि पनि उनको अन्तिम विकल्प अफगानिस्तान नै थियो । उनी योजनाबद्ध तरिकाले अफगानिस्तानका पुराना साथीहरुसँग सम्पर्क गरी आफ्ना अनुयायीहरुसहित सिधै पूर्वी अफगानिस्तानको जलालावादमा निर्वासित भए ।

    उनी आइपुगेको समयमा अफगानिस्तानमा गृह कलह चर्किरहेको थियो । सबै राजनैतिक पार्टीहरु विभाजित थिए । तर उनको सबैसँग राम्रो सम्बन्ध थियो । र, तिनीहरु उनलाई सुरक्षा दिन मन्जुर थिए । जुन क्षेत्रमा उनी पुगेका थिए, त्यो युनिस खोलिसको कब्जामा थियो । पछि युनिसले तालिवान समूहमा प्रवेश गरे ।

    ओसामाको अफगानिस्तान निर्वासनपश्चात् जीवनमा गर्ने दुई वैकल्पिक काम व्यवसाय वा युद्धमध्ये दोस्रो विषय चयन गरे । यस बीचमा अमेरिकीहरुलाई लक्षित गर्दै गरिएका आतंकवादी घटनाहरुमा ओसामाकै हात रहेको आशंका अमेरिकीहरुले गरिरहेका थिए ।

    अमेरिकीहरुले ओसामालाई संसारभरिका इस्लामी आतंकको योजनाकार, लगानीकर्ताको रुपमा लिन थालेका थिए । र उनलाई अमेरिकी फौजी र प्रतिरक्षात्मक स्थान तथा साधनहरुमाथि हमला गर्ने षडयन्त्रकारीको रुपमा प्रचार पनि गर्न थालिएको थियो ।

    सन् १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासहरुमा भएको बमकाण्ड पश्चात् अमेरिकी सरकार र ओसामाको शत्रुता अझै बढेको थियो । यसैबीचमा ओसामाले आणविक हातहतियार प्राप्त गर्न प्रयत्न गरेको कुरा एक अमेरिकी सूत्रले जनाएको थियो ।

    अमेरिकाले सन् १९९८ नोभेम्बर ४ मा ओसामा तथा उनका प्रमुख फौजी कमाण्डर महम्मद अतेफको जानकारी दिई पक्राउ गराउनेलाई ५०/५० लाख डलर (करीब ३८ करोड नेपाली रुपैयाँ) पुरस्कार दिने घोषणा पनि गरेको थियो ।

    यसैबीच उनले केही अमेरिकी समाचारसूत्र, जस्तै टाइम, न्यूजविक, एबीसी आदिलाई अन्तर्वार्ता पनि दिएका थिए । अन्तर्वार्ताको क्रममा अमेरिकीहरुले प्यालेस्टाइन, इराकमा हात–हतियार नभएका लाखौं मुस्लिम केटाकेटी र महिलाहरुको हत्याको विरोध गर्दै खाडी क्षेत्रबाट अमेरिकी सेना तथा यहूदीहरु हट्नुपर्ने  र अमेरिकाविरुद्ध आफ्नो युद्ध जारी रहने घोषणा गरेका थिए ।

    अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको हमलापछि त ओसामा बिन लादेन अमेरिकीहरुको नं. १ शत्रु भए । र कट्टर मुसलमानहरुका अतिप्रिय धार्मिक नेता । उनलाई मार्न र गिरफ्तार गर्न अमेरिकाले ठूलो युद्ध नै शुरु गर्‍यो । आतंकका विरुद्ध आतंक सिर्जना गर्ने ढंगले गरिएको त्यस आक्रमणको क्रममा थुप्रै अफगानी जनताको हत्या भयो ।

    लादेनलाई संरक्षण दिइरहेको अति कम विकसित र युद्धले जर्जर भएको अफगानिस्तान यस आक्रमणको कारणले जर्जर त बन्यो नै अन्ततः अमेरिकाले पाकिस्तानमा ‘अवैध’ घुसपैठ गरेरै भए पनि लादेनलाई मारिछाड्यो ।

    नवयुवाबाट साभार (केही परिमार्जन र अपडेटसहित)

    Title Photo: https://static.euronews.com

    प्रतिकृया दिनुहोस्