आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/२३ गते
    ६६ पटक
    कोहलपुर ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमित पुरुषको सफल शल्यक्रिया गरिएको छ । सोमबार बिहान अस्पतालमा संक्रमित पुरुषको आन्द्राको अल्सरको सफल शल्यक्रिया गरिएको हो ।

    दैलेख भगवतीमाई गाउँपालिका–१ घर भएका ३८ वर्षीय पुरुषको शल्यक्रिया सफल भएको लर्डबुद्ध एजुकेशनल एकेडमी प्रालिका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिए ।

    ‘सोमबार बिहान करिब १ घण्टा लगाएर सफल शल्यक्रिया गरिएको हो’ उनले भने, ‘हाल ब्लड प्रेसर तथा पल्स सामान्य अवस्था रहेको र भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।’

    प्रादेशिक अस्पताल सुर्खेतबाट रेफर भई उनी सोमबार नै बिहानै शिक्षण अस्पताल कोहलपुरमा आइपुगेका थिए । सहायक निर्देशक डा. कनोडियाका अनुसार उनको आन्द्राको पहिलो भागमा अल्सर बिग्रेर फुटेको थियो ।

    तत्काल अप्रसेन गर्नु पर्ने भएकाले बिहान नै उनको शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

    अस्पतालका वरिष्ठ चिकित्सकहरु डा. दिग्विजय खडका, डा. अरुण ज्ञवाली, डा. शिशिर खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल वाल्मीकीलगायतको टिमले पुरुषको सफल शल्यक्रिया गरेको थियो ।

    बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोभिड–१९ को ३ लेभल अस्पताल हो । यसअघि कोरोना संक्रमित ४ गर्भवति महिलाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्