Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/१९ गते
    १३२ पटक
    नेपालगञ्ज ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका २१ जना प्रहरीलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रवार दुई लटमा आएको पीसीआर रिपोर्ट अनुसार जिप्रका बाँकेका २१ जना प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

    भेरी अस्पतालले जारी गरेको सूचना अनुसार पहिलो लटमा चार जना र दोस्रो लटमा १७ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

    जिल्ला प्रहरीमा रहेका एक थुनुवालाई कोरोना देखिएपछि मुद्धा फाँटमा काम गर्ने एक प्रहरीलाई समेत कोरोना देखिएको थियो । त्यसपछि जाँच गर्दा अन्य प्रहरीलाई पनि कोरोना पुष्टि भएको हो ।

    प्रहरीलाई तालिम केन्द्रमा आइसोलेसन बताएर राख्ने तयारी भएको स्रोतले जनाएको छ । उनीहरुलाई अन्य आइसोलेसनमा राख्नसक्ने समेत हुनसक्छ ।

    प्रतिकृया दिनुहोस्