आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/१७ गते
    २०२ पटक
    एजेन्सी ।

    प्रहरीले एक महिलाको बलत्कारपछि हत्या भएको केसको अनुसन्धान गरिरहेकै बेला मृत घोषणा गरिएकी महिलाको भिडियो सार्वजनिक हुन्छ । भिडियोमा ती महिलाले आफु जिवितै रहेको बताउँछिन ।

    तस्विरः आजतक

    भारतको विहार राज्यको वैशाली जिल्लाको यो घटनाले प्रहरीदेखि आम नागरिकहरुसम्मलाई अचम्ममा पारिदिएको छ । वैशाली जिल्लाको रहिमपुरमा गत अगस्ट २२ तारेखका दिन बाकरपुर निवासी एक ब्यक्तिले आफ्नी छोरी हराएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । त्यसको भोलिपल्ट एक मृत महिलाको शव बरामद हुन्छ ।

    जुन शव बलत्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको थियो । हत्याका क्रममा तेजाबको प्रयोग गरिएका कारण शवको स्पष्ट पहिचान हुन सकेको थिएन । शव बरामद भएसंगै प्रहरीले हत्याराको खोजी सुरु गरेको थियो । महिला हराएको भन्दै प्रहरीमा दर्ता गरिएको उजुरी अनुसार ती महिलाको नाम मेनका हो ।

    प्रहरीले तिनै मेनकाको शव बरामद गरि दोषी पत्ता लगाउन अनुशन्धान थालेको थियो । तर मृत भनिएकी तिनै महिला मेनकाले एक भिडियो सार्वजनिक गर्दै आफु जिउँदो भएको खुलासा गरिन । तर समय गुज्रिईसकेको थियो । प्रहरीले मेनका भनिएको शवको पोस्टमार्टम गरी ती महिलाका परिवारजनले अन्त्युष्टी समेत गरिसकेका थिए ।

    आफु जिउँदो भएको घोषणासहित भिडियो सार्वजनिक गर्ने काम मेनकाले यो घटना भएको १० पछि गरेकी थिइन । भिडियोमा मेनकाले आफु आफ्नै खुसी राजीका साथ भागेर विवाह गरेको बताएकी छिन । उनले आफ्ना पितालगायत परिवारजनले हत्याको झुटो केस बनाएर प्रहरीमा उजुरी दिएको आरोप पनि लगाएकी छिन ।

    तस्विरः आजतक

    ती युवतीले भिडियोमा भनेकि छिन, “मैले म जिउँदो छु भनेर मेरो पितालगायत घर परिवारका सबैलाई जानकारी गराइसकेकी थिएं । तर उहाँहरुले झुटो केस दर्ता गराएर मेरो अन्तिम संस्कार पनि गरिसक्नु भएको रहेछ ।”

    तस्विरः आजतक

    अपहरणको अभियोगसहित दर्ता भैसकेको केसकी मुख्य पात्र मृतक मेनका जिउँदै सार्वजनिक भएको यो घटनाले प्रहरीलाई पनि आश्चर्यमा पारिदिएको छ । प्रहरीले अहिले यो केसको सुरुवाती चरणबाटै अनशन्धान गरी सत्य तथ्य पत्ता लगाउन जुटेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्