आज : २०७७ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/११ गते
    ९१ पटक
    काठमाडौं।

    आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ छ।

    हिजो नेपाली बजारमा सुनको मूल्य तोलाको ९६ हजार ८०० रूपैयाँ थियो। पछिल्लो एकसातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज भने ८०० रूपैयाँले उकालो लागेको हो।

    एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रूपैयाँले घटेको थियो। महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९७ हजार १०० रूपैयाँ तोकेको छ। यसैगरी, चाँदीको मूल्य तोलाको १३४५ रूपैयाँ कायम भएको छ।

    हिजो महासंघले चाँदीको मूल्य तोलामा एक ३१० रूपैयाँ तोकेको थियो। चाँदी आज तोलामा ३५ रूपैयाँले बढेको हो।

    प्रतिकृया दिनुहोस्