आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/९ गते
    १०० पटक
    काठमाडौं।

    अमेरिकी डलरको भाउ एकैदिन ८५ पैसाले घटेको छ। भारतीय मुद्रा बलियो हुँदा डलरको भाउ घटेको हो।

    सोमबार एक डलरको भाउ १२० रुपैयाँ ५ पैसा थियो। मंगलबारका लागि राष्ट्र बैंकले एक डलरको रिफरेन्स रेट ११९ रुपैयाँ २० पैसा तोकेको छ।

    लामो समयदेखि डलरको भाउ स्थिरजस्तै थियो। १२० रुपैयाँको आसपासमा डलर बसेको थियो। भारतीय बैंकहरु मजबुत बनाउन केन्द्र सरकारले विशेष नीति ल्याउने विश्लेषण हुन थालेपछि भारु बलियो बनेको थियो।

    भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसो हुँदा भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ।

    डलरको भाउ घट्दा रेमिटेन्स पठाउनेलाई केही घाटा हुन्छ। आयात ब्यापारमा भने घट्दा राम्रै हुन्छ।

    प्रतिकृया दिनुहोस्