आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/३० गते
    २२८ पटक
    नेपालगञ्ज ।

    ५ नम्बर प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ ले प्लाज्मा थेरापीको लागि आफु रगत उपलब्ध गराउन तयार रहेको बताएकी छन् ।

    कोरोना संक्रमित भएर भेरी अस्पतालको आइसोलेसनमा एक साता यता उपचार गराइरहेकी उनले आफु कोरोना मुक्त भएपछि प्लाज्मा थेरापीको लागि रगत दिन तयार रहेको बताएकी हुन् ।

    जटिल अवस्थामा रहेका कोरोना संक्रमितहरुको उपचारका लागि प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरिन्छ ।
    आइसोलेसनबाटै सामाजिक सञ्जाल फेसबुकबाट सांसद नमूनाले प्लाज्मा थेरापीको लागि चाहिने रगत दिनको लागि स्वैच्छिक रुपमा अनुमति दिनुभएको हो ।

    ‘हाल म कोभिड–१९ बाट संक्रमित भै भेरी अस्पतालमा उपचाररत छु । र मेरो स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

    म स्वास्थ्य लाभ भएपछि हाल उपचारमा प्रयोग भैरहेको (Convalescent plasma)  दिनको लागि स्वैच्छिक रुपमा अनुमति दिन्छु’ उनले भनिन्, ‘मेरो रगत समुह ‘बी’ पोजिटिभ हो ।’

    कोरोना संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा कोरोना संक्रमणको सुरुवाती दिनदेखि नै उहाँ फ्रन्टलाइनमा खटेर आफ्नो निर्वाचन क्षेत्रको साथै जिल्लाभर नै उद्दार, राहत र ब्यवस्थापनमा खटिनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्