आज : २०७७ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१९ गते
    १२७ पटक
    नेपालगन्ज ।

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर१ का वडाध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । सोमवार बिहान कोरोना देखिएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ ।

    नेपालगन्जमा केहीदिन यता कोरोना संक्रमणको दर बढेको छ । सोमवार मात्र वडा अध्यक्ष रिजाल सहित नेपालगन्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ ।

    उनले अस्पतालबाट दिएको सन्देश

    वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।

    प्रमोद रिजाल
    वडा अध्यक्ष वडा नम्बर १
    प्रबक्ता
    नेपालगन्ज उपमहानगरपालिका

    प्रतिकृया दिनुहोस्