Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१६ गते
    ४० पटक
    एजेन्सी ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए ।

    गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए । कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार उनको वेवसाइटमा दिइएको छ ।

    ओख्लाहोमास्थित तुल्सामा ट्रम्पको -यालीमा सहभागी भएर फर्किएको ९ दिनपछि २९ जुनमा केनलाई कोभीड–१९ भएको पुष्टि भएको थियो । यस -यालीमा सहभागी अन्य धेरै व्यक्तिले पनि मास्क लगाएका थिएनन् । जुलाई महिना अधिकांश समय केनले एटलान्टा क्षेत्रको अस्पतालमा बिताए ।

    ‘केनको करियर निकै अद्भूत रह्यो र उनीसँग भेट्ने सबैले उनको प्रशंशा गरे, विशेषगरी मैले । उनी धेरै विशेष मान्छे थिए, अमेरिकी राष्ट्रवादी र मेरा महान् साथी,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

    ट्रम्पका धेरै समर्थकहरुले जनस्वास्थविद्हरुको सल्लाह अस्वीकार गरेका छन् र मास्क लगाउन मानेका छैनन्, मास्कले उनीहरुलाई भाइरसको संक्रमणबाट जोगाउनसक्थ्यों, तर उनीहरुले फरक राजनीतिक वक्तव्य दिएका छन् ।

    आफूमा कोरोना देखिएको घोषणा गर्नुपूर्व केनले ४ जुलाईमा दक्षिण डाकोटास्थित माउन्ट रुसमोरमा राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रमबारे जानकारी दिदैं ‘मास्क अनिवार्य छैन’ भनेका थिए ।

    ‘राष्ट्रपति ट्रम्सले सहभागीता जनाउने यस कार्यक्रमका लागि मास्क लगाउनु अनिवार्य छैन, मानिसहरु वाक्क भइसकेका छन्,’ उनले ट्वीट गरेका थिए ।

    केनको मृत्युसँगै चर्चित कन्भरभेटिभहरुले समवेदना सन्देश पठाइरहेका छन्, यता उदारवादीहरुले यस अवसरलाई मास्कको प्रवद्र्धनका लागि प्रयोग गरेका छन् ।

    ‘हर्मन केन मिस हुनेछन्, उनी अहिलेसम्मकै एक महान् कन्भरभेटिभ आवाजमध्ये थिए, म उनको हँसिलो अनुहार बिर्सनेछैन,’ टि–पार्टी पेट्रियोट्सका सह–संस्थापक जेनी बेथ मार्टिनले ट्वीटरमा लेखेका छन्, ‘केनले आफैंलाई एबीसी म्यान अर्थात् ‘अमेरिकन ब्ल्याक कन्जरभेटिम’ भनेर चिनाउने गरेका थिए र उनले न्युजम्याक्स टिभीमा भर्खरै नयाँ शो सुरु गरेका थिए र २०२० को राष्ट्रपतीय चुनावमा भूमिका खेल्ने आशा थियो ।’

    २०१२ को राष्ट्रपति निर्वाचनमा केन पनि रिपब्लिकन पार्टीको आन्तरिक चुनावमा उम्मेदवारका प्रत्यासी थिए । २०१६ को राष्ट्रपतिय चुनावमा उनी ट्रम्पका समर्थक थिए ।

    प्रतिकृया दिनुहोस्