Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१६ गते
    ५१ पटक

    सम्बन्ध बरफको ढिक्का जस्तै हुन्छ । जसलाई सजिलै जमाउन त सकिन्छ तर, जोगाइ राख्न भने गाह्रो हुन्छ ।

    सम्बन्ध ४ प्रकारका हुन्छन् । रगतको सम्बन्ध, सामाजिक सम्बन्ध, व्यावसायिक सम्बन्ध र भावनात्मक सम्बन्ध । रगतको नाता वा सम्बन्ध भलै हामीलाई जन्मदेखि नै मिलेको हुन्छ । तर, त्यो सम्बन्धलाई निभाउनु पनि त्यत्तिकै जरुरी हुन्छ ।

    जान्नुहोस् सम्बन्धलाई मजबुत बनाउने ३ तरिकाहरू

    मर्यादा निभाउने

    सम्बन्धचाहे जस्तोसुकै किन नहोस्, चाहे त्यो रगतको सम्बन्ध होस्, सामाजिक सम्बन्ध, व्यावसायिक सम्बन्ध या त भावनात्मक सम्बन्ध । हरेक सम्बन्ध निभाउनका लागि मर्यादा तय गरिनु जरुरी हुन्छ ।

    मर्यादाको कुरा गर्दै गर्दा कुनै पनि सम्बन्ध एकतर्फी हुँदैन, त्यसैले मर्यादा पनि दुवै पक्षलाई ध्यानमा राखी तय गर्नुपर्दछ ।

    आर्थिक तनाव 

    वर्तमान समयमा सबै सम्बन्धलाई सिध्याउने पहिलो अनि मुख्य कारण आर्थिक तनाव बन्ने गरेको छ । समयसँगै महँगी तथा जिम्मेवारीहरू बढ्दै जान्छन् । तर, आम्दानी भने जहाँको त्यही हुन्छ । यस्तो अवस्थामा सम्बन्धमा रहेका कोही एकले पैसाको आवश्यकता ठान्छ र त्यसलाई पूरा गर्न सकिएन भने त्यत्तिकैमा सम्बन्छ टुटेर जान्छ ।

    सम्बन्धमा दूरी पनि जरुरी

    कहिलेकाहीँ हामी सम्बन्धमा हदैसम्म झुकाव भएको महसुस गर्ने गर्दछौँ । जबकि अर्को मान्छेलाई कुनै वास्ता नै हुँदैन । यस्तो अवस्थामा हामी केही हदसम्म दूरी बनाइराख्नु जरुरी हुन्छ । किनकि थौरै समयको दूरीले सम्बन्धमा धेरै न्यानोपन ल्याउन सक्दछ ।

    यी कुरामा पनि ध्यान दिऔँ

    • छोराछोरी दुवैको ससुरालीमा नम्रता कायम गरौँ ।
    • आमाबुबा र छोराछोरीबीच जेनेरेसन ग्याप भएको कुरालाई स्वीकार गरौँ ।
    • आफ्नो घमण्डलाई कहिल्यै पनि सम्बन्धमा आउन दिनु हुँदैन ।
    • एकअर्कासँग कुनै पनि कुरा नलुकाउनुहोस् ।
    • आफ्नो आन्तरिक समस्या अरुलाई नभन्नुहाेस् ।
    • यदि प्रेम सम्बन्धमा हुनुहुन्छ भने एकअर्कोलाई भरोसा गर्नुहाेस् ।
    • पारिवारिक अवस्थालाई हेरेर सम्बन्ध नबनाउनुहाेस्
    • सानोठूलो सबैको सम्मान गर्नुहाेस् ।
    प्रतिकृया दिनुहोस्