Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१५ गते
    ६३ पटक

    कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँके जिल्लामा निषेधाज्ञा जारी गरीएको छ ।

    बिहीबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी तीनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

    लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको कुरुम्वाङले बताए ।

    बिहीबार आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ सहित नेपालगन्जका २७ जना ब्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

    प्रतिकृया दिनुहोस्