Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१४ गते
    ७३ पटक
    खजुरा ।

    खजुरामा बुधबार युवाबीच झडप भएको छ । झडपमा परि एक युवा घाइते भएका छन् । बुधबार दिउँसो करिब एक बजेको समयमा खजुरा गाउँपालिका वडा नं–२ स्थित बजारमा भएको झडपमा परि बिचु भनिने विजय खत्री घाइते हुनुभएको हो ।

    उहाँको निधारमा खुकुरी प्रहार गरिएको छ । खत्रीको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

    ठेक्कापट्टाको कमिशन रकम बाँडफाँडको विषयलाई लिएर युवाबीच झडप भएको बुझिएको छ । तर प्रहरीले भने आफुहरुलाई सो बिषयमा जानकारी नभएको बताएको छ ।

    पहिलेदेखिको रिसिईबीका कारण यवाबीच त्यस्तो भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिनुभयो ।

    घट्नाका पिडित र पिडक एकै समूहका हुन । घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलाय बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक सुवास खड्काले बताउनुभयो ।

    प्रहरीले घट्नामा एक थान खुकुरी समेत बरामद गरेको छ ।

    प्रतिकृया दिनुहोस्