Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    ४३ पटक
    एजेन्सी ।

    नानावती हस्पिटलमा कोरोना भाइरस (कोभिड १९) को उपचार गराइरहेकी बलिउड नायिका ऐश्‍वर्या राय र उनको छोरी आराध्‍याको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

    उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको उनका पति अभिषेक बच्चनले जानकारी दिएका छन्।

    उनले ट्विटरमा लेखेका छन्, ‘तपाईलाई सतत् नमन्। धन्‍यवाद पनि। सधैं आभारी रहनेछु। ऐश्‍वर्या र आराध्याको टेस्ट नेगेटिभ आयो। उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ। अब उनीहरु घरमै रहनेछन्। म र बुवा (अमिताभ) मेडिकल स्टाफकै निगरानीमा अस्पतालमै रहनेछौँ।’

    ४६ वर्षीया ऐश्‍वर्या राय र उनकी ८ वर्षीया छोरी आराध्‍याको रिपोर्ट १२ जुलाइमा पोजिटिभ आएको थियो। तर लक्षण नदेखाएपछि दुवैलाई होम क्वारेन्टाइाइनमै राखिएको थियो।

    तर १७ जुलाइमा आमा र छोरी दुवैको स्वास्थ्य खराब हुँदै गएपछि नानावती अस्पतालमा भर्ना गरिएको थियो। उनीहरु त्यहाँ १० दिन बसेपछि ११ औँ दिनमा अस्पतालले डिस्चार्ज गरिदिएको थियो।

    प्रतिकृया दिनुहोस्