Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१० गते
    ७१ पटक
    एजेन्सी ।

    बीबीसीको बालबालिका लक्षित टेलिभिजन चिल्ड्रेन्स बीबीसी अर्थात् सीबीबीसीको इतिहासमै पहिलोपटक समलिङ्गी टिनएजरको चुम्बन प्रशारण भएको छ । दुुई महिला पात्रहरुले ‘द नेक्स्ड स्टेप’ शोअन्तर्गत एकआपसमा चुम्बन गरेका हुन् । यो क्यानेडेली शृंखला बेलायतमा सीबीबीसीबाट प्रशारण भइरहेको छ ।

    डान्सर बन्न चाहनेको कथामा आधारित यस शृंखला ७ वर्षदेखि किड्स च्यानलमा प्रशारण भइरहेको छ । तर समलिङ्गीको कथालाई देखाइएको यो पहिलो अवसर हो ।

    १९ वर्षीया डेनी भिरायोले यस शृंखलामा ‘क्लिओ’ पात्रको भूमिका निभाएकी छिन् भने १८ वर्षीया मोली साउन्डर्स ‘जुड’ को भूमिकामा छिन्, आफ्नो रोमान्टिक डान्स रुटिनका दौरान यी दुई पात्रले एकअर्कालाई चुम्बन गर्छन् ।

    शृंखला प्रशारणमा आएपछि यसले निकै सकारात्मक प्रतिक्रिया पाएको छ । यस शृंखलाका एक दर्शकले भने, ‘यो सुधार हो । यसले मानिसहरुलाई देखाउँछ कि विपरीत लिङ्गीलाई मन पराउनुजस्तै समलिङ्गीलाई मन पराउनु पनि सामान्य हो ।’

    समलिङ्गीहरुको सामाजिक संस्था स्टोनवालले यस दृश्यलाई महत्वपूर्ण भनेको छ । त्यस्तै बीबीसीका प्रवक्ताले सबै क्षेत्रका बालबालिकाको जीवन झल्काउन पाउँदा सीबीबीसी गौरवान्ति रहेको जनाएका छन् ।

    बालबालिकाको च्यानलमा भर्खरै प्रशारण भएपनि बेलायतमा समलिङ्गीको चुम्बनको दृश्य सामान्य नै हो । अन्ना फ्रिइल र निकोला स्टेफेनसनले १९९४ मा दिएको किस सिन बेलायती टेलिभिजनबाट प्रशारणमा आएको इतिहासमा पहिलो समलिङ्गी चुम्बन हो, यो च्यानल फोरको ‘ब्रोकसाइड शो’ मार्फत प्रशारण भएको थियो ।

    प्रतिकृया दिनुहोस्