Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/६ गते
    १०६ पटक
    एजेन्सी ।

    आजभोलि इन्टरनेटमा पाल्तु जनावरहरुका अनौठा गतिविधिहरु भाइरल भइरहेका छन् त्यसमा पनि घरपालुवा बिरालो कम चन्चल हुन्न । यस्ता जनावरहरुका कारण मानिसमा सकारात्मक सोचको विकास हुने बताइन्छ । पाल्तु जनावरहरुका कारण कहिले कहीँ मानिसहरुले दुर्घटनाको पनि सामना गर्नुपर्ने स्थिति आउने गरेका छन् ।

    एक दम्पतीले यस्तै प्रकारको घटनाको सामना गर्नुपरेको छ । एउटा घरपालुवा बिरालोका कारण ती दम्पती समस्यामा परेका हुन् । एक व्यक्तिले आफ्नी पत्नी गर्भवती हुनुको कारण बिरालो भएको बताएका छन् । उनले बिरालोले आफ्ना सबै कण्डम प्वाल पारिदिएकाले उनकी पत्नी गर्भवती भएकी बताएका हुन् ।

    ती व्यक्तिले सामाजिक सञ्जाल रेडिटमा विचित्रको पोस्ट पनि गरेका छन् । उनले कोरोना महामारी नसकी आफूहरुले बच्चा नजन्माउने फैसला गरेको बताए । उनले भने, ‘हामी पहिलेदेखि नै एक बच्चाका अभिभावक हौं । मेरी पत्नी प्रिक्लेप्सियाका कारण तनावपूर्ण गर्भावस्थाबाट गुज्रिएकी थिइन् । मैले एक बिरालो पालेका थिएँ । त्यो घरका विभिन्न सामग्रीहरु चलाइरहन्थ्यो ।’

    उनले कण्डम प्रयोग गर्दा पनि पत्नी गर्भवती भएपछि आफू तनावमा परेको बताए । उनले आफूले परिवार नियोजनाको अस्थायी साधनका रुपमा कण्डोमको प्रयोग गरेका थिए ।

    पिल्स खाँदा उनकी पत्नी बिरामी पर्ने भएकाले उनीहरुले सहमतिमै कण्डोमको प्रयोग गरेको उनको भनाई थियो । ती व्यक्तिले आफूले प्रयोग गर्ने कण्डोम दराजमा राख्ने गरेको र त्याहाँ बिरालोले नङ्ग्र्याएर कण्डोममा प्वाल पारेको बताए ।

    उनले आफूले राखेको कण्डममा हेर्दा बिरालोका दाँत र नङ्ग्राका डोबहरु थिए । बिरालोले कण्डम पञ्चर गरिदिएकोले ती व्यक्तिकी पत्नी गर्भवती भएकी थिइन् । अहिले ती दम्पती आफूले नचाहँदा नचाहँदै नयाँ पाहुनाको स्वागतको तयारीमा छन् ।

    प्रतिकृया दिनुहोस्