Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/३१ गते
    ९२ पटक
    काठमाडौं ।

    बलिउड अभिनेत्री विद्या बालनको फिल्म ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । अनु मेननको निर्देशनमा बनेको फिल्म ‘सकुन्तला देवी’ को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो।

    ट्रेलरमा शकुन्तला देवीका लागि यो स्थान हासिल गर्न नीजि जिन्दगीमा कति संघर्ष गर्नुपरेको थियो भन्ने कुरा देखाइएको छ । चर्चित गणितज्ञ सकुन्तला देवीको जीवनीमा आधारित रहेर तयार पारिएको यस फिल्ममा विद्यासँगै सान्या मल्होत्रा, अमिता साधको पनि मुख्य भूमिका रहेको छ ।

    यस फिल्ममा अभिनेत्री विद्या बालन शकुन्तलादेवीको रूपमा प्रस्तुत भएकी छिन्। यस फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गरिँदैछ । यस फिल्मको डिचिडल प्रीमियर ३१ जुलाई २०२० मा गरिदैछ ।

    प्रतिकृया दिनुहोस्