Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/२२ गते
    १३० पटक
    नेपालगञ्ज ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले दलाल तथा तस्करहरुको बारेमा समाचार लेख्न आग्रह गरेका छन् । उनीले पत्रकारहरुलाई दलाल र तस्कको बारेमा निर्धक्कका साथ कलम चलाउन आग्रह समेत गरे ।

    ‘पत्रकारिता पेशा जहिले पनि अडिग भएर गर्नुपर्ने पेसा हो’ उनले भने, ‘भएकाले तस्कर र दलालको विरुद्धमा निर्धक्क भएर अब तपाईहरु कलम चलाउनुहोस् ।’ एक महिना अगाडि मात्र बाँके प्रशासनको जिम्मेवारी सम्हालेका उनले तस्कर र दलालको दानापानी सुकाउनेगरी ढुक्क भएर समाचार लेख्न पत्रकाहरुलाई आग्रह गरेका हुन् ।

    आइतबार बाँकेको नेपालगञ्जमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा प्रजिअ कुरुम्वाङले यस्तो बताएका थिए । ‘तस्कर, दलाल तथा प्रहरी प्रशासन कसैले पनि केही गल्ती गरे उनिहरुको बारेमा निर्धक्कका साथ समाचार लेख्न आग्रह गर्दछु’ उनले भने ।

    ‘पत्रकारिता पेशामा आँच आउन नदिने खाले समाचार निर्धक्कका साथ संम्प्रेषण गरे हुन्छ’ प्रजिअ कुरुम्वाङले अगाडि थपे । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि उनले बाँकेमा सञ्चालित अवैध क्रेसरहरु बन्द गराइसकेका छन् ।

    स्वागत कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पत्रकारहरुको साथ सहयोगले काम गर्ने वातावरणमा सहजता भएको बताएका थिए ।

    हरेक दिन नयाँ कार्य गर्ने योजनाका साथ अघि बढेका उनले पत्रकारहरुको योगदानले झनै काम गर्ने हौसला र उर्जा थपेको बताए । ‘बाँकेका पत्रकारहरुको साथ, सहयोग र योगदानले काम गर्ने प्रेरणा थपेको छ, यसलाई मैले अवसरको रुपमा लिएको छु’ उनले थपे ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव गजेन्द्र गुरुङ्गले बाँकेमा प्रजिअ र एसपी दुवैजनाको काम गर्ने आँटले बाँकेवासी खुसी भएको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्