Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/२२ गते
    ९९ पटक
    कोहलपुर ।

    असार २५ गते अर्थात् बिहीबार रातिबाट लगातार वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।

    सोमबार राति ८ बजे ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेन भएकाले आउँदो बिहीबार रातिबाट मनसुन सक्रिय हुने जानकारी दिएको हो।

    जसका कारण नेपालका धेरैजसो ठाउँमा लगातार वर्षा हुने भएकाले बाढीपहिरो, डुबानजस्ता विपद् आइपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    ‘मनसुन न्यून चापीय रेखानेपालको तराइ भूभागनजिक रहने भएकाले आउँदो बिहीबार (असार २५) रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिन्छ,’ विशेष बुलेटिनमा भनिएको छ, ‘त्यसैले, तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    प्रतिकृया दिनुहोस्