Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/२२ गते
    १३९ पटक
    कोहलपुर ।

    बुटवलबाट प्रहरीले साढे २२ केजी लागुऔषध चरेस बरामद गरेको छ ।

    बुटवल उपमहानगरपालिका–१२ हरियाटोलमा धनबहादुर दमाईको खाली घरमा खानतलासी गर्दा ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीले चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

    चरेससँगै पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका–७ का मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका–८ स्यालपाखाका रतिभान दमाई पक्राउ परेका छन् ।

    ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । केही दिनअघि ब्यूरो टोलीले बाँकेबाट पाटे बाघको छालासहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस्