Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/२१ गते
    १३२ पटक
    नेपालगञ्ज ।

    बाँके खजुरा गाउँपालिका ३ धौलागिरीका केशवराज लामिछाने मृत अवस्थामा फेला परेका छन् ।

    केही दिनदेखि हराइरहेका उनी राप्ती नदीको छेउमा मृत अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    उनी खजुरा गाउँपालिका ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धौलागिरीका प्राध्यानाध्पक समेत रहेका थिए । स्थानीयहरुले नदी छेउमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    उनको मृत्युको कारण भने खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्